काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय मामिला विभागमा १० सदस्य मनोनयन गरेका छन् ।
देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । विभागको प्रमुख केन्द्रीय सदस्य गोविन्दबहादुर शाह रहेका छन् ।
यस्तै अन्य सदस्यमा महेश सिंह कठायत-काठमाडौँ, बासु कार्की-काठमाडौँ, टेकबहादुर कुँवर-अछाम, लाक्पा शेर्पा-दोलखा, नरेन्द्र साह-पर्सा, अस्मिता लामा (खुशीमाया)-लम्जुङ, तेज शाह-कञ्चनपुर, धनबहादुर गिरी-ओखलढुंगा, माधव पाण्डे-कालिकोट र मोहन सुनार-दाङ रहेका छन् ।