५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साना उद्योगमा लगानी बढाउन अध्यक्ष ढकालको आह्वान

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एसियाली व्यापार प्रवर्द्धन फोरम (एटीपीएफ) मा साना तथा मझौला उद्यमहरू (एसएमई) लाई आर्थिक विकासको मेरुदण्ड मान्दै यस क्षेत्रमा लगानी वृद्धि र निर्यात बजारमा सहुलियत प्रदान गर्न जोड दिएका छन् ।

थाइल्यान्डको राजधानी बैंककमा आयोजित फोरममा समावेशी समृद्धिस् एसियाली व्यापार अर्थतन्त्रमा एसएमईको सशक्तीकरणु विषयक सम्बोधन गर्दै अध्यक्ष ढकालले एसएमईहरूको सशक्तीकरण र समृद्धिका लागि साझा आर्थिक दृष्टिकोण आवश्यक रहेको बताए ।

अध्यक्ष ढकालका अनुसार, नेपालका साना तथा मझौला उद्योगहरूले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा लगभग २२ प्रतिशत योगदान पुर्‍याउने भएकाले यस क्षेत्रको विकास र प्रवर्द्धनमा अन्तरदेशीय साझेदारी महत्वपूर्ण छ। उनले एसएमईलाई क्रियटिभ इकोनोमीसँग जोडेर विकास गर्न सुरु गरिएकाले यो क्षेत्रमा लगानीका सम्भावनाहरू थप विस्तार भएको बताए । यसका लागि एसियाली लगानीकर्ताहरूलाई नेपालमा लगानी गरेर संयुक्त समृद्धिमा योगदान गर्न आह्वान गरे ।

नेपालको निर्यात व्यापारमा हस्तकला, थाङ्का, चित्रकला, र परम्परागत सङ्गीतका वाद्य यन्त्रहरूको योगदान महत्त्वपूर्ण रहेकोले सांस्कृतिक उद्योगमा लगानी बढाउन अध्यक्ष ढकालले जोड दिए। उनले साना तथा मझौला उद्योगहरूको प्रवर्द्धनका लागि पर्यटन क्षेत्रको पनि ठूलो भूमिका रहेको औंल्याउँदै, नेपाल भ्रमण गरेर पर्यटन पूर्वाधार, जस्तै होटल, थिम पार्क, केबलकारजस्ता परियोजनाहरूमा लगानी गर्न लगानीकर्ताहरूलाई निमन्त्रणा दिए ।

अध्यक्ष ढकालले ऊर्जा क्षेत्रको सम्भावना पनि उजागर गर्दै, भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने र बंगलादेशमा पनि बजार विस्तारको अवसर रहेकोले जलविद्युत्मा लगानीका लागि अनुकूल अवसर रहेको बताए ।

नेपालमा लगानीको वातावरण सुधार गर्न सरकारले व्यवसाय सम्बन्धी विभिन्न कानुनहरू संशोधन गरेको, र विदेशी लगानीकर्ताहरूलाई सहजीकरण गर्न द्विपक्षीय लगानी सम्झौता (बिट) फ्रेमवर्क पारित गरिएको जानकारी पनि अध्यक्ष ढकालले दिए । उनले बाह्य लगानीकर्ताहरूलाई यस्ता अवसरहरूको उपयोग गरी नेपालमा लगानी गर्न आह्वान गरे ।

नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताहरूलाई नीति तथा प्रक्रियाहरू बुझ्न मद्दत गर्न हेल्प डेस्क स्थापना गरेको बताउँदै, महासंघ लगानीकर्ताहरूलाई आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध रहेको अध्यक्ष ढकालले स्पष्ट पारे । यस कार्यक्रममार्फत अध्यक्ष ढकालले नेपाल जस्ता विकासशील देशहरूको समृद्धिका लागि साना तथा मझौला उद्योगको महत्त्व र क्रियटिभ इकोनोमीको विकासमा अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकतालाई पुनः पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस