७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटी प्रशासनमा डिजिटल क्यु म्यानेजमेन्ट सिस्टम लागु

अ+ अ-

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीमा डिजिटल क्यु म्यानेजमेन्ट सिस्टम (टोकन प्रणाली) लागु भएको छ ।

सेवाग्राहीलाई सेवा प्राप्त गर्न सहजता, छिटोछरितो र निष्पक्षता कायम होस भन्ने हेतुले सोमबार (आज) देखि टोकन प्रणाली लागु गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालका अनुसार टोकन प्रणाली लागु भए पश्चात् सेवाग्राहीले टोकन प्राप्त गरेपछि लाइनमा उभिएर बस्नु नपर्ने, साइडतिर बस्ने स्थानमा बस्नुपर्ने, सहजरुपमा सेवा पाउने, पालो मिचेको गुनासोको अन्त्य हुने, सेवा ग्राहीले बिना पक्षपाती रूपमा सेवा पाउनुका साथै सेवा दिने र लिने दुबैलाई सहजता भई झन्झटिलो प्रवृत्ति रोक्न सहजता ल्याउने छ ।  

जिल्ला प्रशासन कार्यालयले आज देखि लागु गरेको टोकन प्रणालीमा कार्यालयले प्रवाह गर्ने सूचनाहरू पनि देख्न सकिने जनाएको छ  । कार्यालयले टोकन प्रणाली मार्फत नेपाली नागरिकता प्रमाण पत्र, नेपाली नागरिकताको प्रतिलिपि, राहदानी प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको लागि सेवा प्रवाह गर्ने समेत प्रशासनले जनाएको छ ।  

टोकन प्रणाली लागु भएको पहिलो दिन सेवाग्राहीले चाखलाग्दो तरिकाले टोकन प्रणालीको प्रयोग गर्दा सेवा प्राप्त गर्न सहजता भएको प्रतिक्रिया दिएका छन् । टोकन प्रणालीको प्रयोगमा सेवा ग्राहीको सहजताको लागि प्रशासनले एक जना सहयोगीको व्यवस्थापन गर्ने जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस