६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा बजार अनुगमनमा २३ जना व्यापारीलाई कारबाही

अ+ अ-

 डोटी । डोटीमा बजार अनुगमनका क्रममा २३ जना व्यापारीहरूलाई कारबाही गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ पिपल्ला बजारमा गरेको बजार अनुगमनका क्रममा नियम कानुनको परिपालना नगरेका २३ जना व्यापारीहरूलाई कारबाही गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए । 

प्रजिअ अर्यालले भने जिल्ला सदरमुकाम बाट नजिकका बजारहरूमा हामीले पटक पटक अनुगमन गर्नुका साथै आवश्यक सुझाव सल्लाह दिने गरेका छौ, अझै पनि कानुनको पालना नगरी मूल्य सूचि नराखेका १६ जना व्यापारीलाई जनही पाँच हजारका दरले र करको कानुन पालना नगरेका ७ वटा पसललाई कारबाही गरी पन्ध्र हजार जरिवाना गराएको । कारबाही पर्ने प्राय जसो कपडा पसल र किराना पसल बढी मात्रामा रहेका छन् । 

बजार अनुगमन अनुगमनका क्रममा व्यापारीहरूलाई करदाता शिक्षा सम्बन्धी जानकारी, स्थानीय उत्पादकत्वलाई ब्रान्ड तथा लेभलिङ गर्ने कुराहरूमा सुझाव सल्लाह दिएको समेत प्रजिअ अर्यालले बताए । बजार अनुगमन बाट दश हजार २ सय बराबरको म्याद गुज्रेको खाद्य सामाग्रीको नष्ट गरिएको समेत जनाइएको छ । 

पिपल्ला बजार अन्तरगत रहेका होटेल, किराना पसल, मासु पसल, तरकारी पसल, हार्डवेयर, सुनचाँदी पसल, औषधी पसल लगाएका प्राय सबै प्रकृतिका पसलहरूको अनुगमन गरिएको प्रशासन कार्यालयले जनाएको छ । बजार अनुगमनको कार्यलाई जिल्ला व्यापी रूपमा बढाउन स्थानीय तहसँग समन्वय गर्नुका साथै प्रशासनले पनि अनुगमन कार्यलाई तीव्र रूपमा अगाडी बढाउने प्रजिअ अर्यालले बताए । कारबाहीमा परेका पसलहरूले पुन कानुनको परिपालना नगरे कडा भन्दा कडा कारबाही गरिने समेत बताइएको छ ।  बजार अनुगमनमा प्रजिअ अर्याल फिल्डमा आफै खटिएका थिए । 

जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा गरिएको बजार अनुगमनमा जिल्ला प्रहरी कार्यालय डोटी, दिपायल सिलगढी नगरपालिका, करदाता सेवा कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको सहभागिता रहेको थिए ।

प्रतिक्रिया दिनुहोस