१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिथिलाञ्चलमा जितिया : ३६ घण्टे उपवास शुरु

अ+ अ-

महोत्तरी । मिथिलाञ्चल क्षेत्रमा जितिया पर्वअन्तर्गत ३६ घण्टे निर्जल र निराहार उपवास शुरु भएको छ।

धार्मिक विधिअनुसार श्रद्धालु मंगलबार बिहान ४ बजेदेखि बुधबार साँझ ५ बजेसम्म उपवास बस्न लागेका हुन्।

पर्वअन्तर्गत अघिल्लो दिन नहा खा विधि सम्पन्न भई दुईदिन उपवास बसेर साँझ व्रत समापन गरिने परम्परा रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले जानकारी दिए।

सयौँ व्रतालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा लक्ष्मी सागर, बरुणसागर, भार्गवसरलगायत पवित्र सरोवरमा स्नान गरेर जितमाहनको कथा सुन्छन्। कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीले सुन्ने प्रचलन रहेको पण्डित पाठकले बताए।

व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ (कोदो) भनिन्छ। भोलिपल्ष्ट बिहानै काग कराउनुअघि पहिल्यै व्रतालु महिला ओगठन सम्पन्न गर्नुपर्छ। ओँगठनपछि उपवासको क्रम शुरु हुने भन्दै यसलाई पर्वको मुख्य अंश र मुख्य जितिया भन्ने गरिएको पण्डित पाठकले बताए। 

आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रतको मिथिलाञ्चल क्षेत्रमा विशेष महत्त्व रहेको जलेश्वर नगरपालिका–८ का पण्डित बद्रीनारायण झाले जानकारी दिए।

सन्तानको दीर्घ जीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुखशान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्त्व रहेको यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक ध्रुव रायले बताए। ‘यसले मिथिलाका महिलाको सांस्कृतिक भूमिका, महत्त्व र आस्था उजागर गर्छ’, उनले भने।

उनका अनुसार पितृ पक्षमा मनाइने यो पर्वमा महिलाले दिवङ्गत पितृको सम्झनामा पिण्ड चढाउँछन्। मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र मानिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस