न्युयोर्क । परराष्ट्रमन्त्री आरजु राणा देउवा र संयुक्त राष्ट्र संघका उपमहासचिव अतुल खरे बीच सोमबार न्युयोर्कमा भेटवार्ता भएको छ ।
यूएनको ७९औँ महासभाको दौरान भएको साइडलाइन भेटवार्तामा शान्ति मिसनको सम्बन्धमा नेपाल र यूएनबीचको सहकार्यमाथि छलफल भएको न्यूयोर्कस्थित यूएनका लागि नेपाली स्थायी नियोगले जनाएको छ ।
उपमहासचिव खरे शान्ति मिसनका लागि ‘जनरल अफ अपरेसन सर्पोट’ हुन् । नेपाल अहिले विश्वमा शान्ति सैनिक पठाउने सूचीमा पहिलो नम्बरमा छ । साथै, नेपालले यस पटक युएनमा सैनिक सल्लाहकारको लागि उम्मेदवारी पनि दिएको छ ।
राणाले उक्त भेटवार्तामा नेपालले यूएनका शान्ति मिसनको लागि लामो समयदेखि योगदान गर्दै आइरहेको र त्यसलाई नै आधार मानेर युएनले थप सहजीकरण गर्नु पर्ने बताएकी थिइन् ।