७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदीप ज्ञवालीको आरोप : १० वर्षे द्वन्द्वका कारण देशको मूल्यवान् समय खेर गयो

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले १० वर्ष अकारण मुलुक द्वन्द्वमा धकेलिएको बताएका छन् । 

मंगलबार राष्ट्रिय युवा संघ नेपाल साइवर सर्कल विभागद्वारा आयोजित ‘डिजिटल मिडिया साक्षरता र कार्यशाला’ कार्यक्रममा उनले १० वर्षको द्वन्द्वका कारण देशको मूल्यवान् समय खेर गएको भन्दै विकास गर्ने पैसा गोला बारुदमा खर्च गरेपछि सबै कुराहरू पछि धकेलिएको बताएका हुन् । 

उनले भने, ‘१० वर्ष अकारण मुलुक द्वन्द्वमा धकेलियो । कारण केही पनि थिएन । बहुदल आएको पाँच वर्षभित्र त्यसको विरुद्धमा हतियार उठाउनुपर्ने कुनै जरुरत नै थिएन । इतिहासमा एउटा ठुलो प्रश्न छ त्यो १० वर्ष देशको मूल्यवान् समय खेर नै गयो । विकास, समृद्धि सबै कुरा गए, विकास गर्ने पैसा गोला बारुदमा खर्च गरेपछि सबै कुराहरू पछि धकेलियो । अर्को १० वर्ष त्यो परिपूर्ति गर्न लाग्यो । एउटा राजनीतिक मुद्दा त्यसले सिर्जना गरेका अवस्थाहरू र त्यसको व्यवस्थापनका लागि २० वर्ष खर्च गर्नपर्‍यो ।

यसको साथै उनले प्रायोजित तरिकाले गणतन्त्र मन नपराउनेहरुले देश बन्दैन, भन्ने भाष्य निर्माण गरेको भन्दै त्यसलाई चिरेर देशलाई अगाडि बढाउनुपर्ने बताए । 

उनले भने, ‘देश बन्दैन, यहाँ बस्नु हुँदैन भनेर जुन भाष्य निर्माण भएको छ त्यसलाई चिरेर देश बन्छ भन्ने भाष्य निर्माण गर्नुपर्छ । कुनै ठाउँमा चुकेका पनि छौ, त्यसलाई अस्वीकार गर्नुपर्ने कुनै कारण पनि छैन । हामीले कसरी समस्याको समाधान गरेर अगाडि बढ्न सक्छौ त्यो पाटोबाट पनि हेरौँ । तर प्रायोजित तरिकाले गणतन्त्र मन नपराउनेहरुले त्यसमा भएका कमजोरी मात्र देखाउने कुरा र प्रायोजित तरिकाले गर्न खोजिएको कामलाई बदल्छौ ।’

यस्तै, भूकम्प, कोभिडका कारणले पनि देश पछाडि परेको भन्दै गरेका प्रयास निराशाजनक नभएको पनि उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस