५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रूख नकाट्न रतुवामाई नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश

अ+ अ-

काठमाडौँ। उच्च अदालत विराटनगरले सडक विस्तारको नाममा रुख नकाट्न रतुवामाई नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले रुख नकाट्न नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

रतुवामाई नगरपालिकाले सडक किनारमा रहेका रुख भदौ ३० गतेबाट काट्न सुरु गर्ने भन्दै भदौ २८ गते सूचना जारी गरेको थियो ।

पालिकाले जारी गरेको सूचना रोक्न र बोटविरुवाको संरक्षणको माग गर्दै अभिवक्ताद्वय विनोदमणि भट्टराई र लबन न्यौपानेले रिट दायर गरेका थिए ।

सोही रिटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालतले १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन विपक्षीलाई भनेको छ ।

साथै रिट निवेदकले माग गरेको अन्तरिम आदेशको सन्दर्भमा छलफल गर्न दुवै पक्षलाई असोज १४ गते उपस्थित हुन पनि उच्च अदालतले आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस