८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलङ्काको नवनिर्वाचित राष्ट्रपतिद्वारा नयाँ मन्त्रीमण्डल गठन

अ+ अ-

कोलम्बो । आर्थिक सङ्कटको समना गरिरहेको श्रीलङ्काका नयाँ वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मङ्गलबार देशको अपेक्षित संसदीय चुनाव अगावै आफ्नो मन्त्रीमण्डल गठन गरेका छन् । 

पिपुल्स लिबरेसन फ्रन्ट (जेभीपी) का स्व–स्वीकृत मार्क्सवादी दिसानायकाले सप्ताहन्तमा भएको राष्ट्रपति चुनावमा ठूलो जीत हासिल गरेपछि सोमबार पदभार ग्रहण गरेका छन् । 

 श्रीलङ्काको २ सय २५ सदस्यीय संसदमा हाल उनको पार्टीको तर्फबाट जम्मा तीन जना सांसद छन् । तर सन् २०२२ को आर्थिक मन्दीले लाखौं साधारण श्रीलङ्कालीलाई प्रभावित पारेको र आइएमएफको उद्धार योजनाको पीडादायी कार्यान्वयनपछि उनीप्रतिको समर्थन बढेको थियो। 

उनको कार्यालयले मङ्गलबार ५४ वर्षीया सांसद हरिनी अमरसुरियालाई न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्रीको रूपमा नियुक्त गरेको घोषणा गरेको छ । 

चार वर्षअघि पहिलोपटक संसदमा निर्वाचित भएका अमरसुरिया लैङ्गिक समानता र अल्पसङ्ख्यक अधिकारका मुद्दाहरूमा सक्रियताका लागि परिचित छन् । 

उनी र बाँकी दुई जेभीपीका सांसदले सबै मन्त्रीका जिम्मेवारी बहन गर्नेछन्  र संसद विघटन भएपछि कार्यवाहक मन्त्रीको रूपमा पनि काम गर्नेछन् ।“हामीसँग श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रीमण्डल हुनेछ”, पार्टीका सदस्य नमल करुणारत्नेले मङ्गलबार सञ्चारकर्मीलाई बताए, “त्यसपछि संसद विघटन हुनेछ । यो आगामी २४ घण्टाभित्रमा पनि हुन सक्छ ।”

श्रीलङ्काको सङ्कट दिसानायकेका लागि एउटा अवसर साबित भएको छ । उनी ३८ अन्य उम्मेदवारलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन् । 

अन्तर्राष्ट्रिय मुद्राकोष(आइएमएफ)ले सोमबार दिसानायकेलाई बधाई दिँदै उद्धार कार्यक्रमबारे छलफल गर्न तयार रहेको बताएको छ । 

“श्रीलङ्कालाई आर्थिक पुनरुत्थानको मार्गमा लैजान सहयोग गरेको कठोर परिश्रमबाट हासिल गरिएका उपलब्धिहरूलाई अगाडि बढाउने दिशामा हामी राष्ट्रपति दिसानायकासँग मिलेर काम गर्न तयार छौँ”, वासिङ्टनस्थित आइएमएफका एक प्रवक्ताले बताए ।  

प्रतिक्रिया दिनुहोस