६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशी भूमिमा नेपालीहरूले प्रधानमन्त्रीलाई देखाएको व्यवहारप्रति उप्रेतीको आपत्ति 

अ+ अ-

काठमाडौँ । अमेरिकामा भ्रमणरत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि न्यूयोर्कमा आयोजना गर्न लागिएको स्वागत तथा भेटघाट कार्यक्रम रद्द भएपछि नेपालमा यसबारे व्यापक चर्चा सुरु भएको छ।

सत्तारूढ दल, विपक्षी दलहरू र बुद्धिजीवीहरूले प्रधानमन्त्रीको निर्धारित कार्यक्रम सुरक्षाका कारण रद्द भएको विषयमा गम्भीर समीक्षा हुनुपर्ने बताएका छन्। उनीहरूले यो घटनाले नेपालको प्रतिष्ठा र सुरक्षा व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको भन्दै आ–आफ्नो धारणा व्यक्त गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सहकोषाध्यक्ष शोभित उप्रेतीले विदेशी भूमिमा नेपालका प्रधानमन्त्रीलाई विदेशी परिचयपत्रधारी र अवैधानिक रूपमा बसोबास गरिरहेका नेपालीहरूले देखाएको व्यवहारप्रति कडा आपत्ति जनाएका छन्। उनले उक्त घटनाको निन्दा गर्दै यसले नेपालको छविमा नकारात्मक प्रभाव पारेको टिप्पणी गरेका छन्।

उप्रेतीले सामाजिक सञ्जालमा लेखेका छन्, “देशको राजनीति हामी देशमै बसेकाले गर्छौं, समर्थन र विरोध पनि यही गर्छौं। गैर-नागरिक र अराजक समूहलाई हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अनुरोध छ। जहाँ बसेका छौं, त्यही इमानदार भएर काम गर्दा नै तपाईँहरूको इज्जत र सम्मान बढ्छ। बैरीको आक्रमणको सामना गर्न हामी नेपाली एक भएर उभिने परम्परा रहिआएको छ।”

उनले अमेरिकी भ्रमणको तयारी र व्यवस्थापनप्रति प्रश्न उठाउँदै न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको भूमिका आलोचना गरेका छन्। “यति सानो कुरा व्यवस्थापन गर्न नसक्ने नेपाली दूतावास के गरेर बसेको छ?” भन्दै उनले कूटनीतिक पहलको कमजोरी औंल्याएका छन्।

न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले समारोह स्थलमा सुरक्षा कारण देखाउँदै प्रधानमन्त्रीको नेपाली समुदायसँगको भेटघाट कार्यक्रम स्थगित गरिएको जानकारी दिएको थियो। यस घटनाले प्रधानमन्त्रीको विदेशी भ्रमण व्यवस्थापन र सुरक्षा प्रबन्धको पुनरावलोकनको आवश्यकता देखिएको टिप्पणी विश्लेषकहरूले गरेका छन्।

प्रतिक्रिया दिनुहोस