६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह मन्त्री लेखकद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक अनुगमन

अ+ अ-

काठमाडौँ । गृह मन्त्री रमेश लेखकले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले सेवाप्रवाहको स्थिति, कर्मचारीहरूको कार्यसम्पादन र नागरिकहरूको अनुभवबारे प्रत्यक्ष जानकारी लिएका छन्।

गृह मन्त्री लेखकले कार्यालय प्रमुख, प्रहरी अधिकारीहरू र अन्य सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल गर्दै अध्यागमन प्रक्रियामा देखिएका समस्या, सुधारका सम्भावना र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपायबारे जानकारी लिएको बताइएको छ।

सचिव गोकर्णमणि दुवाडीको समेत सहभागितामा सम्पन्न यो अनुगमनले त्रिभुवन विमानस्थलको अध्यागमन सेवामा देखिएका बिचलन, ढिलासुस्ती र समग्र व्यवस्थापन सुधारबारे केही कुराहरु भएको बताइएको छ । गृहमन्त्री लेखकले अनुगमनको क्रममा उपस्थित कर्मचारीहरूलाई यात्रुहरूलाई थप प्रभावकारी सेवा प्रदान गर्न र सम्पूर्ण प्रक्रियालाई सहज बनाउन आवश्यक सुधारका उपायहरू अविलम्ब लागू गर्न निर्देशन दिएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

गृह मन्त्री लेखकको यो आकस्मिक अनुगमनले अध्यागमन कार्यालयका कर्मचारीहरूलाई चुस्त र जिम्मेवार बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसले सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउने विश्वास गरिएको छ।

विमानस्थलको अध्यागमन सेवामा लामो समयदेखि सेवाग्राहीहरूको गुनासो बढ्दो छ । यसअघि, एउटै मन्त्रालयअन्तर्गतका दुईवटा संगठन–अध्यागमन र प्रहरीबीच कुटाकुटको अवस्था समेत सिर्जना भएको थियो। तत्कालीन गृह सचिव तथा वर्तमान मुख्य सचिव एकनारायण अर्यालको सुधार योजना पछि क्रमिक रूपमा गुनासाहरू घट्दै जानुका साथै सेवाप्रवाहमा सुधार आएको थियो। साथै, प्रहरी र अध्यागमनका कर्मचारीहरूबीचको सम्बन्ध पनि विस्तारै समन्वयकारी बन्दै गएको थियो।

यद्यपि, विमानस्थलमा विभिन्न संघ–संस्थाहरूबीचको समन्वय अभावले चुनौतीहरू अझै बाँकी रहेको छ। दर्जनौं निकायहरूले एकै स्थानमा काम गर्दा एकले अर्कालाई चिन्नसमेत नसक्ने अवस्थाको कारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको कार्य सहज छैन। राजनीतिक तथा प्रशासनिक नेतृत्वको निरन्तर परिवर्तनले विमानस्थलको कार्यक्षमतामा नकारात्मक प्रभाव पर्ने गरेको अधिकारीहरू बताउँदै आएका छन् । त्यससँगै कर्मचारी खटनपटनबाट पनि कतिपय अवस्थामा कस्तो खालको सुधार खोजिएको हो भन्नेसम्म प्रश्नहरु उठ्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस