७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरान कृषि बजार व्यापारमा घट्दै

अ+ अ-

सुनसरी । धरान उपमहानगरपालिका-१३ स्थित कृषि उपज बजारमा व्यापार घट्दै गएको छ । यसअघि दैनिक उपभोग्य वस्तु किनबेचमा ग्राहकको घुइँचो लाग्ने गरेकामा चाडपर्व नजिकिए पनि बजार सुनसान बन्दै भएको हो ।

कोरोना महामारीको समयमा भएको लकडाउनपछि व्यापार घट्दै गएको ३८ वर्षदेखि कृषि बजारमा व्यापार गर्दै आएका लालु चौधरीले बताइन्। “विगतका वर्षमा राम्रो व्यापारका लागि चाडपर्व पर्खनुपर्दैन थियो । अहिले दसैँ आउनै लाग्दा पनि व्यापार छैन”, उनले भनिन् “विसं २०७७ को कोरोना र लकडाउनपछि घट्दै गएको व्यापार चलायमान हुन सकेको छैन । कोरोना सुरु भएपछि अधिकांश व्यापारी गाउँघर फर्केकाले पनि कृषि बजारमा व्यापार घट्दै गएको छ ।”

उत्पादनमा वृद्धि भए पनि माग घट्दै गएको चौधरीले बताइन् । गत वर्ष दैनिक ५० क्विन्टलभन्दा बढी उपभोग्य वस्तु तथा सागसब्जी कृषि बजारमा आउने गरेको बताउँदै ३० क्विन्टल मात्र बिक्री हुने गरेको जानकारी दिइन्। “पहिले फूलकोपी मात्र ४० क्विन्टलसम्म आउँदा पनि पूरै बिक्री हुन्थ्यो । अहिले १०-१५ क्विन्टल पनि बिक्री हुँदैन”, उनले भनिन्।

धनकुटा, मोरङलगायत क्षेत्रका किसानबाट गोलभेँडा, प्याज, आलु, कोपी, मुला, भटमासलगायत खाद्यान्न खरिद गरी धरान कृषि बजारबाट बिक्री गर्ने गरिएको चौधरीले जानकारी दिइन्। पहिले वर्षमा रु. १५ लाखसम्म नाफा हुनेमा अहिले रु. ११-१२ लाखसम्म हुने उनले बताइन्।

किसानबाट व्यापारी बनेका धनकुटाका खेम लामिछानेले १२ वर्षदेखि कृषि क्षेत्रमा व्यापार गर्दै आएका छन् । आठ कठ्ठा जमिनमा सागसब्जी उत्पादन गर्दै आएको भन्दै कृषकबाट व्यापारी बनेपछि थप फाइदा हुँदै आएको उनले बताए। उनका अनुसार दैनिक २० क्विन्टल गोलभेँडा मात्र बिक्री हुन्छ ।

लामिछानेले भने “गत वर्षभन्दा व्यापारमा केही कमी आएको छ । सागसब्जी तथा दैनिक उपभोग्य वस्तु माग अनुसार बिक्री हुने गरेको छ ।” बर्सेनि सबै खर्च कटाएर रु. १० लाख नाफा हुने गरेको उनले जानकारी दिए।

गाउँ घरमा कृषि उत्पादनमा वृद्धि भए पनि माग कम भएकाले व्यापार घट्दै गएको व्यापारी चन्डेश्वर चौधरीले बताए । उनले ३५ वर्षदेखि धरानस्थित कृषि बजारमा व्यापार गर्दै आएका छन् । गाउँमा बसोबास गर्नेको सङ्ख्यामा कमी हुनु, युवा सहर केन्द्रित तथा विदेश पलायन हुनुलगायत कारणले उपभोक्ता घट्दै गएको उनले उल्लेख गरे।

चौधरीले भने “व्यापार घट्यो, बजारमा नयाँ सटर भाडामा लाग्न छोड्यो, पुराना सटरसमेत सबै बन्द हुने अवस्थामा छन् । व्यापार छैन, महँगी उस्तै छ ।” पहिले कृषि बजारबाट ४० क्विन्टलसम्म आलु, गोलभेँडा, प्याजलगायत हरियो तरकारी बिक्री हुनेमा अहिले २० क्विन्टलसम्म बिक्री हुने उनले जानकारी दिए।

धरानमा अहिले कृषि, उद्योग र व्यापार तीनवटै क्षेत्रको योगदान घट्दै गएको कृषि उपज बजार व्यवस्थापक समितिका अध्यक्ष लक्ष्मण भट्टराईले बताए। सिजन अनुसार दैनिक उपभोग्य वस्तुको किनबेचमा वुद्धि भइरहने गरेकामा पछिल्ला केही वर्षयतादेखि व्यापारमा कमी देखिएको उनको भनाइ छ ।

अध्यक्ष भट्टराईले भने “अहिले जति मात्रामा बिक्री हुनुपर्ने हो त्यति भएको छैन । मानिस सहर तथा विदेश पस्न थालेका छन्, उपभोक्ताको कमीले यो अवस्था आएको हो ।” तराईका ग्रामीण क्षेत्र तथा पहाडी भेगबाट ठूलो सङ्ख्यामा व्यापारी किनबेचका लागि धरान आउने गरेकामा अहिले ४० प्रतिशत कमी आएको उनले जानकारी दिए।

“अहिले पहाडी भेगका प्रत्येक गाउँमा सडक विस्तार भएसँगै तराईका व्यापारी सधैँ गाडीमार्फत त्यहाँ जाने र सामग्री ल्याउने गरेकाले पनि व्यापारमा कमी आएको हो”, अध्यक्ष भट्टराईले भने। उनका अनुसार धरान कृषि उपज बजारबाट प्रत्येक वर्ष रु. पाँच अर्ब बराबरको दैनिक उपभोग्य सामग्रीको कारोबार हुन्छ ।

कृषि बजारमा पहाडी क्षेत्रका साथै भारत, चीन, बङ्लादेश, भुटान र तराईका विभिन्न ठाउँबाट उपभोग्य वस्तु आउने गरेको बजार व्यवस्थापक समितिका अध्यक्ष भट्टराईले जानकारी दिए। “पहाडी भेगबाट अहिलेको सिजनमा हरियो सागसब्जी आउने गरेको छ । भारतबाट आलु, प्याज र फलफूल, बङ्लादेश तथा भुटानबाट आलु, चीनबाट च्याउ र लसुन ल्याउने गरेका छौँ”, उनले भने

प्रतिक्रिया दिनुहोस