७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पदमार्ग विकास र विस्तार मापदण्डबारे अध्ययन गर्न समिति

अ+ अ-

गण्डकी । पर्यटनको राजधानी पोखरामा सम्पन्न पर्यटन विषयगत समितिको बैठकले पदमार्ग विकास र विस्तार मापदण्डबारे  अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा प्रदेशका पर्यटनमन्त्री सम्मिलित विषयगत समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकका निर्णय सम्बन्धमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त समितिले अध्ययन प्रतिवेदन तयारी गरी आगामी पर्यटन विषयगत समितिको बैठकमा प्रस्तुत गर्ने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा हुने उक्त समितिमा पर्यटन विभागका महानिर्देशक, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, टनका प्रतिनिधि, सात वटै प्रदेशका पर्यटन सचिव, गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधि रहने उनले जानकारी दिए। विषयगत समितिको बैठक प्रत्येक तीनतीन महिनामा फरकफरक प्रदेशमा बस्ने निर्णय गरिएको बताउँदै उनले आगामी बैठक लुम्बिनीको ठाकुरद्वारामा गर्ने तय भएको जानकारी दिए।

हवाई यातायातबाट आउने पर्यटकले भन्दा स्थल मार्गबाट आउने पर्यटकले सुरक्षा जाँचलगायत विभिन्न समस्या झेल्नुपरेको अवस्था, भारतीय पर्यटकले रु. २५ हजारभन्दा बढी ल्याउन नपाउनेजस्ता जटिलतालगायत विषय बैठकमा उठेको उनले बताए। ती समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयसँग पहल गर्नुका साथै देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीको अध्यक्षतामा हुने समन्वय परिषद्को बैठकमा व्यवस्थित रूपमा प्रस्तुत गरिने उनले जानकारी गराए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको उनले जानकारी गराए। बैठकमा सात वटै प्रदेशलाई अघि सारेर नेपाल एयरलाइन्सबाट कम्तीमा ट्वीनेटर विमान खरिद गरी त्यसलाई प्रदेशभित्र सञ्चालन गरेमा हवाई यातायात सेवा सहज गर्न सकिन्छ की भन्ने सम्बन्धमा प्रारम्भिक छलफल भएको उनले बताए। 

संघ प्रदेश, स्थानीय तहका साथै आम जनसमुदायबाट शेयर लगानी गरी पारदर्शी ढंगबाट विमान खरिद गरी सञ्चालन गर्न सकिएमा नेपाल जस्तो भौगोलिक अवस्थिति भएको देशमा आवागमन सहज बनाउन सकिने सम्बन्धमा छलफल गरिएको उनले जानकारी गराए। पोखरा पर्यटन राजधानी घोषणा भएका सन्दर्भमा विद्यमान नीतिगत जटिलता, पूर्वतयारी, कानुनी प्रबन्धलगायत विषयमा अग्रसरता लिने सम्बन्धमा उनले प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस