काठमाडौँ । प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत इन्स्पेक्टर बिनु कुमारी शाहीको जिम्मेवारी खोसिएको छ । आर्थिक अनियमितता सम्बन्धी उजुरी परेपछि शाहीको जिम्मेवारी खोसिएको हो ।
बलात्कार सम्बन्धी मुद्दामा एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप उनीमाथि लागेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार इन्स्पेक्टर शाहीमाथि छानबिन गर्न डिएसपी नरहरि अधिकारीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको छ ।
प्रारम्भिक छानबिनमा इन्स्पेक्टर शाही आर्थिक अनियमिततामा संलग्न भएको आधार भेटिएपछि निलम्बनका लागि सिफारिस भएको प्रहरी वरिष्ठ उपरीक्षक खनालले जानकारी दिए ।
समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाइ यथार्थ जानकारी दिने गरी कार्यादेश दिइएको छ । समितिले दिने प्रतिवेदनका आधारमा उनलाई कस्तो किसिमको कारबाही हुने टुंगो भन्ने लाग्ने छ ।