७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रयागराज सिंह सुवाल स्मृति फुटसलको उपाधि काठमाडौँ – १६ लाई

अ+ अ-

काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा काठमाडौँ महानगरपालिका वडा नं. १६ विजेता बनेको छ। लैनचौर फुटसल मैदानमा बुधबार भएको फाइनल खेलमा वडा नं. १६ ले वडा नं. १२ लाई ५–२ गोल अन्तरले जितेको हो।

वडा १६ का लागि आयुष कुँवर, रविन निरौला, साजन डंगोल र श्रेयांश मानन्धरले गोल गरेका थिए। वडा १२ को एउटा आत्मघाती गोल उपहार पाएर वडा १६ को ५ गोल भएको हो। वडा १२ का लागि मनोज महर्जन र सिद्धार्थ देउलाले गोल गरे।

उपाधिसँगै विजेता टोली वडा १६ ले २ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता वडा नं १२ ले १ लाख रुपैयाँ पुरस्कार पाएको छ। वडा नं. १६ का आयुष कुँवर सर्वोकृष्ट खेलाडी र मनोज महर्जन सर्वाधिक गोलकर्ता बने।

यसैगरी वडा १६ का सुशान्त महत उत्कृष्ट गोलकिपर बने। उत्कृष्ट सबैलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ। असोज १ गतेबाट सञ्चालित प्रतियोगिताको समापन खेलमा खेलाडीहरूलाई हौसला प्रदान गर्न महानगरपालिकाका प्रमुख बालेन खेल मैदानमा गएका थिए।

खेल समापन अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र वडा नं. २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले पुरस्कार प्रदान गरे।

यस क्रममा महर्जनले प्रयागराजसिंह सुवालको सम्झना गर्दै भने,‘२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि सम्पन्न निर्वाचनबाट वडाध्यक्ष पदमा निर्वाचित सुवाल एनआरटी क्लबको संस्थापक हुनुहुन्थ्यो। उहाँको स्मरणीय राजनीतिक, खेल र सामाजिक क्षेत्रको योगदानलाई बचाइ राख्न फुटसल खेलको मद्दत गर्नेछ।’

२०८० सालबाट यो प्रतियोगिता शुरु भएको हो।

प्रतिक्रिया दिनुहोस