७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको आकाश सुरक्षित बनाउन प्राधिकरण नेतृत्वलाई मन्त्री पाण्डेको निर्देशन

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘एटिसी सिमुलेटर तथा आधारभूत एयर ट्राफिक सर्भिस तालिम’को उद्घाटन गर्दै मन्त्री पाण्डेले भने, ‘कुनै पनि शैक्षिक प्रतिष्ठानमाथि सरकारले आँखा लगाउनु हुँदैन । नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानका नाममा रहेको जग्गा २०७६ सालमा सरकारले नै फिर्ता लिएको रहेछ । शैक्षिक प्रतिष्ठानको जग्गा कसैले खोस्न मिल्दैन । फिर्ता ल्याउने प्रक्रिया अघि बढाउँछु ।’

मन्त्री पाण्डेले जग्गा फिर्ता भएपछि दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक संरचना बनाउने विश्वास दिलाए । जग्गा अपुग भएकाले सरकारले लिएको एकेडेमीको जग्गा एकेडेमीमै फर्काउने गरी पहल गर्ने उनको भनाइ थियो ।
प्रतिष्ठानबाट उत्पादित जनशक्तिले नेपाली आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा मन्त्री पाण्डेले जोड दिए । ‘नागरिक उड्डयन क्षेत्र कमजोर भयो भने धेरै कुरा देखाउन सक्दैनौँ । नेपालको आकाश सुरक्षित छ भन्ने सन्देश प्रवाह हुने गरी काम गर्न जरुरी छ’, उनले भने, ‘नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश संसारभर फैलाउन जरुरी छ । असुरक्षित छ भन्ने गलत भाष्य र प्रवृत्ति रोक्नुपर्छ ।’

मन्त्री पाण्डेले नेपालको आकाश सुरक्षित छ भन्नका लागि कुनै कसर बाँकी नराख्न नागरिक उड्डयन प्राधिकरण नेतृत्वलाई निर्देशन दिँदै त्यसको जिम्मा प्राधिकरणले लिनुपर्ने बताए । नेपाल वायुसेवा निगमलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले आवश्यक हस्तक्षेप गर्दै अघि बढ्ने उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस