१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश अस्पतालमा भएको लापरबाहीको बारेमा छानबिन गर्न राप्रपाको माग

अ+ अ-

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमालले कर्णाली प्रदेश अस्पतालमा भइरहेको लापरबाहीको बारेमा छानबिन गर्न माग गरेका छन् ।

हमालले शुक्रवार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै कर्णाली प्रदेश सरकारलाई संसदीय छानबिन समिति बनाएर अस्पतालमा भएको लापरबाही र अनियमितताको बारेमा छानबिन गर्न माग गरेका हुन् ।

कर्णाली प्रदेश अस्पतालमा २०८० चैत्र २९ गते भिमा गुरुङको सामान्य पेट दुखेर उपचार गर्न पुगेको केही समयमा मृत्यु भएको घटना, २०८१ श्वावन २५ , शुक्रवार अभिलाषा जिसीले पिसाब परीक्षणको नमुना दिँदा दिसाको समेत रिपोर्ट दिएको घटना र हालसालै असोज ७ गते शर्मिला कुमालको उपचारका क्रममा मृत्यु भएको घटना बारम्बार दोहोरिनु निकै गम्भीर र संवेदनशील विषय भएको हमालले दाबी गरेका छन् ।

प्रदेश अस्पतालमा गएका बिरामीलाई सिधै निजी अस्पताल जाऊ भनेर पठाउने काम दिनहुँ भइरहेको र प्रदेश अस्पतालका मेसु देखी सिनियर डाक्टरले आआफ्ना निजी क्लिनिक अस्पताल खोलेका कारण जनताको अस्पताल अस्तव्यस्त बनाउने षडयन्त्र रहेको उनले बताए ।

निजी क्लिनिक खोल्न पाउनु उहाँहरूको अधिकार भए पनि सार्वजनिक संस्थालाई बदनाम, अविश्वसनीय र अस्तव्यस्त बनाएर आफ्ना निजी अस्पताललाई सिन्डिकेट जस्तो गरी स्थापित गर्ने कुरा कर्णालीका जनताले अब सहेर नबस्ने भन्दै उनले चेतावनी समेत दिएका छन् ।

हेर्नुहोस् हमालले सामाजिक सञ्जालमा लेखेको स्ट्याटस

प्रतिक्रिया दिनुहोस