६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्रधानमन्त्री सिंहद्वारा बाढीपीडितलाई तत्काल राहत र उद्धारका लागि निर्देशन

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बाढी पहिरोका कारण परेको जनधनको क्षतिलाई मध्यनजर गर्दै सम्पूर्ण मन्त्रालयलाई एकताबद्ध भएर तत्काल राहत, उद्धार, र उपचार कार्यमा लाग्न निर्देशन दिएका छन्।

आज मन्त्री सिंहले मन्त्री, सचिव, र सुरक्षा निकायका प्रमुखहरूसँग आकस्मिक बैठक गरी बाढी पहिरो प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार कार्य सञ्चालन गर्न, अवरुद्ध सडक तत्काल खुलाउन, र घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाउन निर्देशन दिए। उनले बाढी पहिरोका कारण प्रभावित भएका नागरिकको तत्काल उद्धार गर्न र अलपत्र परेकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सबै निकायहरूलाई तदारुकताका साथ जुट्न आदेश दिए।

सिंहले सरकार नागरिकको साथमा रहेको र जनताको जिउधनको सुरक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “यो विपद्को समयमा नागरिकलाई आश्वस्त पार्दै, राज्य नागरिकको साथमा रहेको अनुभूति हुने गरी सरकारले काम गर्नेछ,” सिंहले भने। उनले यस संकटको सामना संयम र एकतापूर्वक गर्न सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन्।

बैठकमा सहभागी भएका सबै मन्त्रालय र सुरक्षा निकायका प्रमुखहरूले आफ्नो-आफ्नो तर्फबाट तत्काल आवश्यक उपायहरू अवलम्बन गर्ने प्रतिबद्धता जनाएका छन्। सरकारको यो पहलले प्रभावित क्षेत्रका नागरिकलाई राहत र उद्धारमा प्रभावकारी सहयोग पुग्ने अपेक्षा गरिएको छ। यो विपत्तिको सामना गर्न सम्पूर्ण सरकारी संयन्त्रहरू एकताबद्ध भएर जुट्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री सिंहले विपद्को समयमा नागरिकको जीवन रक्षा र भौतिक सम्पत्तिको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस