मेरा पनि हातैभरि, चुरा हुन्थे होला,
उसैसँग मिठा मिठा, कुरा हुन्थे होला ।
मैले जस्तै उसले पनि, चोखो माया गरेको भा,
ताते गर्दै, तोते बोल्ने भुरा हुन्थे होला ।
न बयान, न बकपत्र रोहबरमा उभिएर,
मदहोसमा देख्या सपना, पुरा हुन्थे होला ।
न सिउँदो रङ्गियो, न जीवन सकियो,
न सोचेँ मैले, यी सपना अधुरा हुन्थे होला ।
बादल फाटे झैँ, अचानक फेरिँदा उ,
कल्पनै भएन, उसको जिब्रो छुरा हुन्थे होला ।