७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२० राजमार्गका ६० ठाउँमा सडक अवरुद्ध, कहिलेसम्म खुल्छन् ?

अ+ अ-

काठमाडौँ । बाढी पहिरोका कारण देशभरका २० वटा राजमार्ग अवरुद्ध छन् । बाढी पहिरोले राजधानी काठमाडौँलाई जोड्ने राजमार्ग तथा मुख्य सडकहरू पनि अवरुद्ध छन् ।

सडक विभागका अनुसार २० राजमार्गको ६० ठाउँमा सडक अवरुद्ध छ । यसै गरी ६ वटा पुलमा क्षति पुगेको छ । बाढी पहिराले चार वटा पक्की पुल र दुई वटा बेली ब्रिज बगाएको छ । बिपी राजमार्गमा एक हजार चार सय मिटर जति सडक नै बगेको छ ।
यसै गरी काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग, अरनिको राजमार्गलगायतका विभिन्न जिल्लासँग जोड्ने सडक पनि अवरुद्ध छन् । जसका कारण राजधानीसँग जिल्लाको आवतजावत टुटेको छ । ३८० ठाउँमा एकतर्फी रूपमा यातायात सञ्चालन गर्न सक्ने अवस्था छ ।

सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता ई. उमेश विन्दु श्रेष्ठका अनुसार सडक र पुल नै बगाएको ठाउँमा यातायात सूचारु गर्न तत्काल सम्भव छैन । तर, पहिरो गएको स्थानमा पहिरो पन्छाउने र यातायात सूचारु गर्ने प्रयास भइरहेको श्रेष्ठले प्रशासनलाई बताए ।

मुग्लिङ–काठमाडौँ सडक खण्डमा पर्ने झ्याप्ले खोलामा गएको पहिरो पन्छाएर बेलुकासम्म सडक खुल्न सक्ने उनले बताए । काठमाडौँ छिर्ने अन्य सडक पनि बन्द छन् ।

विभागका अनुसार नागढुंगा–मुग्लिङ, नारायणगढ–मुग्लिङ, मुग्लिङ–पोखरा, बेनी–जोमसाेम, बिपी राजमार्गको काभ्रे र सिन्धुली खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक खण्ड, पुष्पलाल राजमार्गको सिन्धुली, खोटाङ र ओखलढुंगा खण्ड बढी प्रभावित छन् ।

प्रतिक्रिया दिनुहोस