९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले अविरल वर्षासँगै आएको बाढी पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई अनुरोध गरेका छन् ।

समाज कल्याण परिषद्का अध्यक्षसमेत रहेका मन्त्री सुडीले आज परिषद्मा आकस्मिक बैठक आह्वान गरी देशभर बाढी पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न सबै सरोकार भएका निकायलाई अनुरोध गरेका हुन् । मन्त्री सुडीले नेपालले पछिल्लो केही समययता कल्पना नगरेको विपद्को सामना गर्नुपरेको भन्दै विगतमा बाढी नआउने क्षेत्रमा पनि अहिले बाढी पहिरो आएकाले ठूलो जनधनको क्षति हुनुका साथै कष्टको सामना गर्नुपरेको उल्लेख गरे ।

“अहिले मुलुक बाढी पहिरोबाट आक्रान्त बनेको छ । यसले ठूलोमात्रामा जनधनको क्षति गरेको छ । क्षतिको अझै पूर्ण विवरण आउन बाँकी छ”, मन्त्री सुडीले भने, “सरकारले अहिलेसम्म सकेको प्रयासहरू गर्दै आएको छ । नेपाली सेना, प्रहरी, जनपथ सक्रिय रूपमा उद्धार तथा राहतको कार्यमा लाग्नुभएको छ । आजको दुर्भाग्यपूर्ण अवस्थामा तपाईँहरू सबैलाई उद्धार तथा राहतमा लाग्न आग्रह गर्दछु ।”

यही असोज १० गतेदेखि परेको अविरल वर्षापछि भएको मानवीय तथा भौतिक क्षतिको घटनामा तत्काल आवश्यक उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुर्याउन समाज कल्याण परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक सङ्घसंस्थालाई आग्रह गरेको हो ।

परिषद्ले एक सूचना जारी गर्दै बाढी पहिराले ठूलोमात्रामा मानवीय तथा भौतिक क्षति हुन गई जनजीवन प्रभावित भएकोप्रति दुःख व्यक्त गर्दै आवश्यक उद्धार तथा सहयोगमा पुर्याउन आह्वान गरेको छ । परिषद्का उपाध्यक्ष नन्दलाल माझीले विपद्मा सबै एकजुट भएर सहकार्य गर्नुपर्ने बताउँदै जनताको कसरी सेवा गर्न सकिन्छ भन्ने लक्ष्यका साथ सहयोग गर्न सङ्घसंस्थालाई आग्रह गरे।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एआइएन) का अध्यक्ष शङ्करप्रसाद कलौनीले पहिलो चरणको उद्धार र राहतमा खटिएका सबैप्रति सम्मान व्यक्त गर्दै विपद्को समयमा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सरोकार भएकासँग छलफल गरी सहयोगका लागि आवश्यक योजना बनाइएको बताए ।

प्रतिक्रिया दिनुहोस