७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद्को कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन

अ+ अ-

काठमाडौँ । अविरल वर्षाका कारण ललितपुरमा भएको विद्युत् आपूर्तिलाई नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम प्रयास गरिरहेको जनाएको छ ।

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण ललितपुरको अधिकांश स्थानमा बिजुली आपूर्ति अवरुद्ध भएको थियो । कैयौँ स्थानमा पोल ढलेको, वितरण लाइनमा क्षति पुगेका कारण विद्युत् आपूर्तिमा कठिनाई हुँदै आएको थियो ।

काठमाडौँ र भक्तपुरमा आइतबारदेखि नै नियमित रूपमा बिजुली उपलब्ध भइसकेको भए पनि ललितपुरका सहरी क्षेत्र बाहेकका स्थानमा अझै मर्मत सम्भार जारी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणको लगनखेल वितरण केन्द्रका प्रमुख विजय महतोका अनुसार कतिपय स्थानमा सडक यातायात सञ्चालन हुन नसक्दा मर्मत सम्भारमा समस्या भएको छ ।प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार मर्मत सम्भारका लागि आवश्यक जनशक्ति परिचालन गरिएको र आज साँझसम्म धेरै स्थानमा नियमित बिजुली उपलब्ध हुनेछ ।

लाँकुरी भञ्जाङमा १० वटा पोलमा क्षति भएको छ भने सडकमा पहिरो आउँदा मर्मत सम्भारमा जनशक्ति परिचालन गर्न समस्या परेको छ । बाटो खुलेको अवस्थामा दुई दिनभित्र नियमित गर्न सहज हुनेछ । गोदावरी–३ पुल्चोकी जाने बाटोमा अवरोध छ । बाटो सञ्चालन भएपछि तीन दिनभित्र बिजुली उपलब्ध हुनेछ । भट्टे डाँडामा रहेको नागरिक उड्डयन प्राधिकरणको राडार नजिक भएको क्षतिको यकिन विवरण रूपमा प्राप्त हुन सकेको छैन । तर सो स्थानमा आज अबेरसम्म बिजुली उपलब्ध गराउने गरी तयारी गरिएको प्राधिकरणले जनाएको छ ।

ललितपुर–१४ स्थित कान्तिपुर कोलनी, कुसुन्तीको केही क्षेत्रमा आजै आंशिक रूपमा बिजुली उपलब्ध गराउने गरी लगनखेल वितरण केन्द्रले जनशक्ति परिचालन गरेको छ । यस्तै, किस्ट मेडिकल कलेज पछाडिका २० घरमा आजै बिजुली उपलब्ध हुनेछ । प्राधिकरणका अनुसार, लिटिल एजेन्ल्स स्कुल, जग्गा एकीकरण आयोजना, ललितपुर २३ का विभिन्न स्थानमा पनि आजै बिजुली उपलब्ध गराउने गरी काम भइरहेको छ ।

गोदावरी लेलेतर्फको क्षतिको विवरण पनि यकिन हुन सकेको छैन । सडकमा पहिरो आएको र कतिपय स्थानमा बगाएका कारण अवरोध उत्पन्न भई मर्मत सम्भारमा समस्या पैदा भएको छ । सबै स्थानमा यथेष्ट जनशक्ति परिचालन गरी हरेक पोलको अवस्था हेरेर मर्मत सम्भारलाई तीव्र पारिएको छ ।

यस्तै, देशका अन्य स्थानमा भएको क्षतिको विवरणका आधारमा मर्मत सम्भारको कामलाई तीव्र पारिएको जानकारी दिँदै प्राधिकरणले बत्ती नभएको स्थानबारेमा जानकारी गराउन समेत आग्रह गरेको छ ।

यस्तै, प्राधिकरणले बाढीका कारण क्षति भएका ठुला प्रसारण लाइनको समेत मर्मत सम्भारको प्रक्रिया अगाडि बढाएको छ । काबेली करिडोर, खिम्ती लामो साँघु एक सय ३२ केभी प्रसारण लाइनमा समेत क्षति पुगेको छ । ती प्रसारण लाइनको टावर ढल्दा बिजुली प्रवाहमा समस्या उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस