काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा शाखा अधिकृतसहित ३ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ ।
आयोगले सोमबार एक विज्ञप्ति जारी गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ का वडा सचिव (शाखा अधिकृत) उपेन्द्र साहु तेली र वडा अध्यक्ष उपेन्द्र सहनीसहित ३ जनाविरुद्ध आरोप पत्र दायर गरेको हो ।
अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार उनीहरूको आपसी मिलेमतो तथा योजनामा घर बाटो सिफारिस प्रमाणित गरी दिनका लागि सेवाग्राहीसँग रु. चार लाख पचास हजार रुपैयाँ घुस/रिसवत माग गरी लिएको पुष्टि भएको हो ।