८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलनको उपचार निःशुल्क बनाउने तयारीमा स्वास्थ्य मन्त्रालय

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर जलनको उपचार निःशुल्क बनाउने तयारी गरिरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्री नियुक्त भएपछिको आफ्नो प्राथमिकतामा जलनसम्बन्धी उपचारलाई सहज र निःशुल्क बनाउने योजना प्रस्तुत गरेका थिए, र हाल उक्त योजना कार्यान्वयनको प्रक्रियामा प्रवेश गरेको छ।

मन्त्रालयले यसबारे आवश्यक प्रक्रिया अघि बढाइसकेको छ, जसमा अर्थ मन्त्रालयले स्वीकृति दिई सकेको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आन्तरिक श्रोतको उपयोग गर्दै देशभर सातै प्रदेशमा जलनको निःशुल्क उपचारको सुविधा उपलब्ध गराउने तयारी गरिरहेको हो ।

हालसम्म जलनको उपचार काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा सीमित रहेकोमा, भाद्र महिनामा वीर अस्पतालमा जलन वार्ड स्थापना भइसकेको छ। यसै क्रममा मन्त्रालयले सातवटै प्रदेशमा जलन उपचारको सुविधा विस्तार गर्ने योजना अघि बढाएको मन्त्रालयले जनाएको छ ।

सातै प्रदेशमा जलन उपचार थाल्न स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालहरूमा विशेष वार्ड स्थापना गर्ने तयारी गरिरहेको छ। योजनाअनुसार, कोशी प्रदेशमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेस प्रदेशमा वीरगञ्जको नारायणी अस्पतालमा जलन उपचार थालिनेछ। गण्डकी प्रदेशमा पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनी प्रदेशमा नेपालगन्जको भेरी अस्पतालमा पनि निःशुल्क उपचारको व्यवस्था गरिनेछ।

यसैगरी, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पनि जलनको निःशुल्क उपचारको सुविधा उपलब्ध गराउने गरी मन्त्रालयले योजना अघि बढाइरहेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मन्त्री पौडेलले सबैतिर जलनको उपचार सेवा नहुँदा नागरिकहरूले भोग्नुपरेको समस्या समाधान गर्न विशेष पहल गरिरहेका छन्। ‘मन्त्रालयले आन्तरिक श्रोतको व्यवस्थापन गरी सातवटै प्रदेशमा निःशुल्क उपचार सेवा दिन आवश्यक तयारी गरिरहेको छ,’ प्रवक्ता बुढाथोकीले बताए।

यस अभियानले देशभरका नागरिकहरूलाई जलन उपचारको सहज पहुँच दिने अपेक्षा गरिएको छ, जसले यसअघिका उपचार सेवामा रहेको असमानता हटाउनसमेत सहयोग गर्नेछ। स्वास्थ्य सेवा सुलभ र प्रभावकारी बनाउने सरकारको यस निर्णयले जनताको स्वास्थ्य सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस