७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी, विकल्पबारे छलफल हुँदै

अ+ अ-

काठमाडौँ । यातायात व्यवसायीहरूले दसैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । 

बाढीपहिरोका कारण सडक बिग्रिएको र टिकट काटेको समयमा गाडी उपलब्ध गराउन नसक्ने देखिएपछि व्यवसायीहरू अग्रिम टिकट बुकिङ रोक्ने अवस्थामा पुगेका हुन् । यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले विपद्का कारण बस सञ्चालन हुन सक्ने अवस्था नदेखिएकाले बुकिङ बन्द गर्ने तयारी भएको जानकारी दिए । ‘चार दिनअघिका गाडी हिजो काठमाडौँबाट छुटेका छन् । गाडी बाटोमै अलपत्र छन् । काठमाडौँदेखि नै लाइन छ । उनीहरू पुगेर फर्कने कहिले हो ? निश्चित छैन’, प्रशासनसँग सिटौलाले भने, ‘यता यात्रुलाई टिकट दिएपछि घर जाने तयारी गर्छन् । समयमा गाडी उपलब्ध गराउन सकिएन भने अर्को समस्या उत्पन्न हुन्छ । त्यसैले अग्रिम बुकिङ बन्द गर्नु नै बेस हुने देखिएको छ । तर, निर्णयमा पुगिसकेका छैनौँ ।’

आजै सरकार पक्षसँग छलफल गर्न लागिएको उनले बताए । संसद्को राज्य व्यवस्था समिति, यातायात व्यवस्था विभाग लगायतसँग छलफल गर्न लागिएको उनको भनाई छ । धेरै यात्रुहरूले १७ असोजदेखिको टिकट बुकिङ गरिसकेका छन् । बस सञ्चालनबारे के गर्ने भन्ने विषयमा आजको छलफलबाट निष्कर्ष निस्किने वरिष्ठ उपाध्यक्ष सिटौलाले जानकारी दिए ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरी दत्त पनेरुले कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आज दिउसो ३ बजेका लागि बैठक डाकिएको प्रशासनलाई जानकारी दिए । ‘अग्रिम टिकट बुकिङ बन्द गर्ने भन्दा पनि अब कसरी सहज गर्न सकिन्छ भन्ने विषयमा छलफलका लागि बैठक डाकिएको हो’, उनले भने ।

शुक्रवारदेखि आएको बाढीपहिरोले काठमाडौँ उपत्यकालगायत देशका धेरै ठाउँमा ठूलो क्षति पुर्‍याएको छ । बाढीपहिरोले सडक र पुलमा समेत क्षति पुगेको छ । जसका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको छ ।

प्रतिक्रिया दिनुहोस