७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माग पूरा नभए कडा आन्दोलन गर्ने स्थानीय तहका कर्मचारीको चेतावनी

अ+ अ-

सुर्खेत । स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीले कर्णाली प्रदेश सरकारले विधेयक अनुमोदन गर्दा आफ्ना माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।  

स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल, कर्णाली प्रदेश समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले आफ्ना माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।  समितिका प्रदेश संयोजक विक्रम शाही र प्रदेश सचिव मान बहादुर बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कर्मचारीको माग सम्बोधन नभए आफ्नो हक, अधिकार र सेवाको सुरक्षाको लागि कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘‘उक्त विधेयकमा स्थानीय तहका कर्मचारीहरूको उत्प्रेरणा, मनोबल तथा वृतिविकाससँग प्रत्यक्ष रूपमा जोडिएका मुख्य प्रावधान तथा स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल, कर्णाली प्रदेशले उठाएका माग तथा मुद्दाहरू र अन्य प्रदेशले समेत अवलम्बन गरेका प्रमुख व्यवस्थाहरूलाई बेवास्ता गरी तानासाही तथा हुकुमी शैलीमा विधेयक अनुमोदनका लागि प्रदेश सभामा टेबुल हुने क्रममा रहेको जानकारी प्राप्त भएको हुँदा आफ्नो हक, अधिकार र सेवाको सुरक्षाको लागि कडा आन्दोलन गर्नुपर्ने देखिएको हुँदा तयारी अवस्थामा रहन कर्णाली प्रदेश अन्तर्गत सम्पूर्ण (७९वटै) स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूलाई हार्दिक अपिल गर्दछौँ ।

कर्णाली प्रदेश अन्तर्गतका स्थानीय तहका राष्ट्रसेवक कर्मचारीहरूको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ अनुमोदनको लागि हाल कर्णाली प्रदेश मामिला समितिमा छलफलका क्रममा रहेको छ ।

यो विधेयक अनुमोदनका लागि प्रदेश सभामा टेबुल हुने क्रममा छ । यो विधेयक अनुमोदन गर्दा स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीको माग पनि सम्बोधन गर्नुपर्ने समितिका प्रदेश संयोजक  शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस