काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोपमा तत्कालीन प्रधानाध्यापकसहित ३ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ ।
आयोगले मंगलबार सप्तरीको शंकर माध्यमिक विद्यालय, बरमझिया सप्तरीका तत्कालीन प्रधानाध्यापक दिलिप कुमार गुप्तासहित ३ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोप-पत्र दायर गरिएको सहायक प्रवक्ता देवी प्रसाद थपलिया जानकारी दिए ।