९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक सञ्जाल अविलम्ब सुचारु गरी आवतजावत सहज बनाउन एमालेको माग

अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा एमालेले सडक सञ्जाल अविलम्ब सुचारु गरी आवतजावत सहज बनाउन सरकारसँग माग गरेको छ ।

अविरल वर्षाले देशको राजधानी जोड्ने प्रमुख राजमार्गहरू लगायत विभिन्न ठाउँका सडक सञ्जालहरूमा पुर्‍याएको क्षतिले आवतजावतमा गम्भीर कठिनाइ उत्पन्न भएको भन्दै एमालेले सडक सञ्जालको सम्बन्ध विच्छेदलाई अविलम्ब सुचारु गरी आवतजावतलाई सहज बनाउन सरकारसँग माग गरेको हो । एमाले केन्द्रीय सचिवालयको बैठकले अविरल वर्षाले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहत र अविलम्ब पुनर्स्थापना गरी जनजीवन सहज बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

‘नेपालीहरूको महान चाड बडादसैँको पूर्व सन्ध्यामा आएको अविरल वर्षाले देशको राजधानी जोड्ने प्रमुख राजमार्गहरू लगायत विभिन्न ठाउँका सडक सञ्जालहरूमा पुर्‍याएको क्षतिले आवतजावतमा गम्भीर कठिनाइ उत्पन्न भएको छ’, बैठकपछि एमाले महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सडक सञ्जालको सम्बन्ध विच्छेदलाई अविलम्ब सुचारु गरी आवतजावतलाई सहज बनाउन सरकारसँग माग गर्दछ । साथै यात्रा गर्दा मौसमलाई ध्यान दिन र सचेत रहेर यात्रा गर्नका लागि सर्वसाधारणलाई अपिल गरेको छ ।’

प्रतिक्रिया दिनुहोस