काठमाडौँ । सत्तासझेदार दल नेपाली काँग्रेसको कृषि तथा किसान विभागमा १० जना नयाँ सदस्य मनोनयन गरेका छन् । पार्टी कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले विज्ञप्ति जारी गर्दै बुधवार नयाँ सदस्य थप गरिएको जानकारी दिए ।
यी हुन् थपिएका सदस्यहरू
१. कैलाश राई, खोटाङ
२. लालबाबु यादव, धनुषा
३. मिरा स्याङ्ताङ, मकवानपुर
४. हरिप्रसाद शर्मा लामिछाने, कास्की
५. हिरा केसी, रुपन्देही
६. खड्कबहादुर डाँगी, रुकुम (पश्चिम)
७. रमेशबहादुर रावल, डडेलधुरा
८. रामबहादुर लामा, चितवन
९. रञ्जित रसाइली, भोजपुर
१०.ओमप्रकाश लिम्बु, ताप्लेजुङ