११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गरिब र द्वन्द्वपीडितलाई निःशुल्क पठनपाठन

अ+ अ-

तुलसीपुर (दाङ)। तुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति माध्यमिक विद्यालय हरीपौरीले गरिब तथा द्वन्द्वपीडित विद्यार्थीलाई नि:शुल्क पठनपाठन गराउँदै आएको छ ।

गरिब, जेहेन्दार, द्वन्द्वपीडित, पिछडिएको वर्ग तथा वडा कार्यालयको सिफारिसमार्फत आउने अन्य विद्यार्थीलाई नि:शुल्क पठनपाठन गराउँदै आइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीले बताए । उनका अनुसार विद्यालय व्यवस्थापन समितिले गरिब, द्वन्द्वपीडितलगायत आर्थिक अवस्था कमजोर भएकालाई नि:शुल्क पठनपाठन गराउने निर्णय गरेको हो । 

सोही विद्यालयबाट एसइई उत्तीर्ण गरी कक्षा ११ मा भर्ना हुने तथा वडा कार्यालयले सिफारिस गरेका विद्यार्थीलाई प्रमाणपत्र निकाल्न पनि कुनै शुल्क नलाग्ने निर्णय गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए। लक्षित विद्यार्थीको आर्थिक अवस्था कमजोर हुने भएकाले यो निर्णय गरी कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ । उक्त विद्यालयमा कक्षा १२ सम्म व्यवस्थापन सङ्कायमा कक्षा सञ्चालन भइरहेका छन् । 

कक्षा ११ र १२ सञ्चालन भएको चार वर्ष भएको बताउँदै अध्यक्ष अधिकारीले एक जना राहात र एकजना स्थायी शिक्षक मात्रै रहेका जानकारी दिए । “व्यवस्थापन सङ्काय सञ्चालन भएको चार वर्ष भयो, अहिलेसम्म शिक्षक अभाव छ”, उनले भने, “निजी स्रोतबाट शिक्षक ल्याएर पढाउनुपर्ने अवस्था छ ।” निजी स्रोतका शिक्षकलाई वार्षिक रु ११ लाख तलब दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

कक्षा ११ र १२ का विद्यार्थीबाट केही शुल्क लिने गरिएकाले निजी शिक्षकलाई तलब खुवाउन सकिएको अध्यक्ष आधिकारीले बताए । निजी शिक्षकलाई तलब खुवाउँदा वार्षिक रु पाँच लाख घाटा हुने बताउँदै उनले अभिभावकको सहयोग र विद्यालयको जग्गा भाडाबाट सङ्कलन भएको रकमबाट घाटा पूर्ति गर्ने गरिएको जानकारी दिए । 

यस विषयमा पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको भन्दै अध्यक्ष अधिकारीले हालसम्म कुनै सुनुवाइ नभएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस