७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपदबाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैन: स्वास्थ्यमन्त्री

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विपदबाट घाइते भएका कोही पनि उपचारबाट वञ्चित हुननपर्ने बताएका छन् ।

आज राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको अवस्थाबारे जानकारी दिँदै उनले भने “कुनै पनि घाइतेहरू उपचारबाट वञ्चित हुनुपर्दैन । उपचाररत घाइतेको जस्तोसुकै जटिल अवस्थाको उपचार निःशुल्क हुनेछ ।”

उनले विपद्को बेला सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्दै  सबै स्वास्थ्य संस्थालाई प्रभावकारी ढंगले सेवा उपलब्ध गराउन निर्देशन दिएको बताए । मन्त्री पौडेलले घाइतेले उपचारका लागि स्वास्थ्य संस्थामा जान र आउन नसक्नेलाई अस्पतालले ल्याउने व्यवस्था पनि गरिने जानकारी दिए ।

विपद्ले महामारीजन्य रोग निम्त्याउन सक्ने भएकाले शुद्ध खानेपानीका सम्बन्धमा खानेपानी मन्त्रालयसँग संयुक्त बैठक बसिसकेको उनले बताए। उनले बाढीपहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी भइरहेको जनाए। यसका लागि स्थानीय र प्रादेशिक तहसँग समन्वय गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

हालसम्म ट्रमा सेन्टरमा २४ जना घाइतेले उपचार गराइसकेका छन् जसमा १३ जना डिस्चार्ज भइसकेका छन् भने केहीको शल्यक्रिया गरिएको छ ।

प्रतिक्रिया दिनुहोस