दार्चुला । बैतडीमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालन आएको छ । सुदूर पहाडका तीन पहाडी जिल्लालाई लक्षित गरी खोड्पेमा विद्युतीय गाडीहरूका लागि चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो ।
सुदूर पहाडका बैतडीसहित दार्चुला र बझाङ जिल्लाका विद्युतीय सवारी साधनलाई मध्यनजर गर्दै होटेल हरिहर प्लाजामा विद्युतीय सवारी साधन चार्ज गर्ने चार्जिङ स्टेसन राखिएको सञ्चालक अर्जुन विष्टले जानकारी दिए । उनले चौबिसै घण्टा विद्युतीय सवारी साधन चार्जको सुविधा रहेको बताए ।