८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण लेबनान नछाड्ने लेबनानका लागि राष्ट्रसंघीय शान्ति सेनाको दाबी: राष्ट्रसंघ

अ+ अ-

काठमाडौँ । लेबनानका लागि संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनिफिल)ले शनिबार स्थानान्तरण गर्ने इजरायली अनुरोधका बाबजुद दक्षिणी लेबनान नछोड्ने जनाएको छ ।

गत सेप्टेम्बर-३० मा इजरायली सेना (आइडिएफ)ले लेबनानमा आक्रमण गर्ने आफ्नो योजनाबारे खुलासा गरेपछि  उनीहरूले केही स्थानबाट स्थानान्तरण गर्न अनुरोध गरेको लेबनानस्थित संयुक्त राष्ट्रसंघीय  सुरक्षा बलले जनाएको छ ।   

सुरक्षा बलले इजरायली अनुरोधको बावजुत शान्ति सेनाहरू सबै स्थानमा  उपलब्ध रहने उल्लेख गर्दै निरन्तर रूपमा शान्ति सुरक्षाको पहलसहित संयुक्त राष्ट्रको झण्डा निरन्तर फहराइरहने बताएका छन् । यसै क्रममा नियमित रूपमा आफ्नो मुद्रा तथा गतिविधिहरू समायोजन गर्ने जनाउँदै आवश्यक भएमा आकस्मिक योजनाहरू तयारी अवस्थामा रहेको जनाइएको छ ।  

इजरायलले सेप्टेम्बर–२३ देखि लेबनानी लडाकू समूह हिजबुल्लाह विरुद्धको अभियानलाई तीव्र बनाएको छ  जसमा एक हजार १ सय १० भन्दा बढी मानिसहरू मारिएका छन् भने लाखौँ विस्थापित भएका छन् । 

इजरायलले यस हप्ताको सुरुमा दक्षिण लेबनानमा आक्रमण गर्न सुरु गर्ने जनाएको थियो । लेबनान र इजरायललाई सुरक्षा परिषद्को प्रस्ताव –१७०१ अनुरूप दिगो शान्तिका पुन प्रतिबद्ध हुन युनिफिलले आग्रह गरेको छ ।

सन् २००६ मा इजरायल र हिजबुल्लाहबिचको युद्धको अन्त्य गर्ने राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव-१७०१ले लेबनानी सेना र राष्ट्रसंघीय शान्ति सेना दक्षिण लेबनानमा तैनाथ गर्ने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस