१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले झोलुंगे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ

अ+ अ-

गोरखा । त्रिशूली नदीमा आएको बाढीले झोलुंगे पुल बगाएपछि गोरखाको सहिदलखन गाउँपालिका-४ ठेउवाटार र आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ । 

यही असोज १२ गते नदीमा आएको बाढीले ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटार जोड्ने झोलुंगे पुल बगाएपछि अहिले यस क्षेत्रका बासिन्दालाई दैनिक आवतजावतमा समस्या भएको हो ।

“ठेउवाटारबाट अलि नजिकै रहेको अर्को झोलुंगे पुलमा पनि बाढीले दुवैतर्फको लठ्ठा चुँडाएर क्षति पुर्‍याएको छ”, सहिदलखन–४ का वडाध्यक्ष यामबहादुर थापाले भने “क्षतिग्रस्त पुलबाट हिँडडुल गर्दा ज्यान जोखिममा राख्नुपर्ने बाध्यता यहाँका स्थानीयवासीको छ ।” उनले क्षतिग्रस्त पुल तत्काल मर्मत नगरी नहुने अवस्थामा रहेको बताए।

“ठेउवाटार, करङबगर, माथिल्लो ठेउवाटार, तेर्से, बाहुन थोकलगायत क्षेत्रका स्थानीयलाई त्रिशूली नदी तरेर कुरिनटारसम्म पुग्नका लागि सहजै अर्को विकल्प छैन”, वडाध्यक्ष थापाले भने “दिनहुँ आवतजावत गर्नुपर्ने ठाउँमा घण्टौँ लगाएर अर्को बाटो जानुभन्दा नजिकैको अर्को क्षतिग्रस्त पुलबाट जोखिम मोलेर अहिले स्थानीय आवतजावत गरिरहेका छन् ।”

झोलुंगे पुल बगाउँदा त्यहाँका करिब दुई सय ५० भन्दा बढी घरपरिवार समस्यामा परेको छन् । “हावाहुरी आइहाल्यो भने त लठ्ठा चुँडिएको पुल फर्किन पनि सक्छ”, उनले भने “विद्यार्थीलाई विद्यालय तथा कलेजमा आवतजावत गर्न र किसानलाई आफूले उत्पादन गरेको दूध र तरकारी बजारसम्म पुर्‍याउन कठिनाइ हुँदै आएको छ ।”

प्रतिक्रिया दिनुहोस