काठमाडौँ । सिंहदरबारस्थित दक्षिण गेट अगाडि प्रदर्शन गर्ने क्रममा नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेललगायतका नेताहरू पक्राउ परेका छन् ।
कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा उनीहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनिता बुढाथोकी, युवराज थापा, अर्जुन बोगटी, अरुण बोगटीसहित ६ जना रहेका छन् । बाढी पीडितहरूका लागि राहत व्यवस्था गर्न माग गर्दै उनीहरू सिंहदरबार गेटमा भेला भएर प्रदर्शनमा उत्रिएका थिए । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।