काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर गुलसनकुमार झा कर्णाली याक्समा अनुबन्ध भएका छन्।
चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले उनीमाथि बोली लगाएका हुन्। लुम्बिनी लायन्सले भने उनीमाथि बोली लगाएको थिएन। गोला प्रथाबाट उनी कर्णाली पुगेका हुन् ।