६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पठाओले गर्‍यो ३९ जनालाई सम्मान

अ+ अ-

काठमाडौँ । पठाओ नेपालले उत्कृष्ट सेवा प्रदान गर्ने आफ्ना राइडर, क्याप्टेन, डेलिभरी हिरो, पार्सल हिरो, रेस्टुरेन्ट, पार्सल मर्चेन्ट र पार्टनरहरूको योगदानलाई सम्मान गरेको छ ।

वार्षिक सम्मान कार्यक्रम २०८१ आयोजना गर्दै पठाओले पछिल्लो आर्थिक वर्षमा उत्कृष्ट सेवा प्रदान गर्ने ३९ जनालाई सम्मान गरेको हो । पठाओ नेपालले उत्कृष्ट चालकहरूलाई विभिन्न वर्गमा सम्मानित गरेको छ । सबैभन्दा कान्छा चालक सुमन बाबु मगरातीले ‘द राइजिङ राइडर अवार्ड’ पाएका छन् ।

यस्तै प्रेम बहादुर खड्काले बेस्ट पफर्मर भई ‘द स्टार मेल राइडर अवार्ड’ पाएका छन् । तीर्थ बहादुर विष्टले हाइएस्ट राइड लिएका कारण द टायरलेस राइड अवार्ड पाएका छन् । कम्पनीका अनुसार सुदन अधिकारीले सबैभन्दा बढी रेटिङ पाएर ‘युजर्स फेभराइट राइडर अवार्ड’ पाएका छन् ।

विमल श्रेष्ठले द लङ्गेस्ट इन प्ल्याटफर्म भएका कारण ‘द भेटेरन राइडर अवार्ड’ पाएका छन् । साथै श्यामबहादुर चौधरीले नो सस्पेन्सनका कारण द अनरेबल राइडर अवार्ड पाएका छन् । यस्तै सुमन खड्कीले मस्ट एक्टिभ डेज अर्थात् सबैभन्दा धेरै सक्रिय भएका कारण ‘द डेडिकेटेड राइडर अवार्ड’ पाएका छन् ।

महिलातर्फ बेस्ट राइडरका रूपमा ओम कुमारी चेम्जोङले ‘द स्टार फिमेल राइडर अवार्ड’ पाएकी छिन् । यस्तै पोषबहादुर खत्रीले ओल्डेस्ट राइडरका रूपमा ‘द सेनियर राइडर अवार्ड’ पाउँदा ४७ वर्षकी महिला राइडर सरस्वती महर्जनले ‘सोसल कज’ अन्तर्गत ‘द हेल्पङ ह्यान्ड अवार्ड’ पाएकी छिन् । उनीहरूलाई कम्पनीका निर्देशक शशांक शमशेर थापाले सम्मानित गरेका थिए ।

कम्पनीले चालकहरूलाई जस्तै आफ्ना क्याप्टेनलाई पनि विभिन्न किसिमका सम्मान तथा अवार्ड प्रदान गरेको छ । जस अन्तर्गत किशोर गिरीले सबैभन्दा कम उमेरको क्याप्टेन भई द राइजिङ क्याप्टेन अवार्ड पाएका छन् ।

यस्तै तुलाबहादुर श्रेष्ठले बेस्ट पफर्मर भई ‘द स्टार मेल क्याप्टेन अवार्ड’ पाएका छन् । यस्तै खड्कबहादुर ढकालले सर्वाधिक राइड राइड लिएर ‘द टायरलेस क्याप्टेन अवार्ड’ पाउँदा कैलाश ढुंगेलले सर्वाधिक रेटिङ पाएर ‘युजर्स फेभराइट क्याप्टेन अवार्ड’ पाएका छन् ।

पश्चिनारायण तामाङले सर्वाधिक सिआर कायम गरी द एनर्जेटिक क्याप्टेन अवार्ड पाएका छन् । यस्तै जनकलाल श्रेष्ठले लङ्गेस्ट अन प्लेटफर्म भएका कारण द भेटरान क्याप्टेन अवार्ड पाउँदा राजेश तामाङले नो सस्पेन्सनका कारण अवार्ड पाएका छन् ।

करुणा तामाङ भण्डारीले बेस्ट फिमेल क्याप्टेन भई द स्टार फिमेल क्याप्टेन अवार्ड पाएकी छिन्। यस्तै बोलबहादुर खड्काले ओल्डेस्ट क्याप्टेनका रूपमा द सेनियर क्याप्टेन अवार्ड पाएका छन् ।

कम्पनीले पठाओ हिरोहरूलाई समेत अवार्ड प्रदान गरेको छ । जसमा नरेन्द्रकुमार तामाङले बेस्ट पर्फर्मेन्स पठाओ हिरो भई द स्टार मेल पठाओ हिरो अवार्ड पाएका छन्। सञ्जय खवासले बेस्ट पर्फर्मिङ पठाओ हिरो अन बाइक भई द टप पठाओ हिरो अवार्ड पाएका छन् ।

केदार बहादुर लुङ्गेली मगरले बेस्ट पफर्मिङ पठाओ हेरो अन साइकल भई द बेस्ट पफर्मिङ पठाओ हिरो अवार्ड पाएका छन् ।

राजन ढुङ्गानाले बेस्ट कम्युनिकेसनका कारण द सुपरस्टार पठाओ हिरो अवार्ड पाएका छन् ।

यस्तै गाजल अमिनले बेस्ट फिमेल पठाओ हिरो भई द स्टार फिमेल पठाओ हिरो अवार्ड पाएकी छन् । रमेश थापा मगरले हाएस्ट अर्डर पूरा गरी द टायरलेस पठाएर अवार्ड पाउँदा बमबहादुर बुढाले हाइएस्ट सिआर कायम गरी अवार्ड पाएका छन् ।

गोपालराज विकले लङ्गेस्ट इन प्लेटफर्म भई द भेटरान पठाओ हिरो अवार्ड पाउँदा गङ्गाबहादुर राईले हाएस्ट एक्टिभ डेज पूरा गरी द डेडिकेटेड पठाओ हिरो अवार्ड पाएका छन्। यस्तै कृष्णराज गुरुङले हाइएस्ट रेटेड पठाओ हिरो भई ‘युजर्स फेभराइट पठाओ हिरो अवार्ड पाएका छन् ।

लोगराज शर्माले पुरुषतर्फ सर्वाधिक फुड अर्डर पठाओ हिरो वाकर भइ ‘द जोय गिभर मेल पठाओ हिरो अवार्ड पाउँदा महिलातर्फ पूजा अवस्थीले हाइएस्ट अर्डर पठाओ हिरो वाकर भई ‘द जोय गिभर फिमेल पठाओ हिरो अवार्ड’ पाएकी छन् ।

कम्पनीले फरक क्षमता भएका राइडर पुनम मिश्र, बलराम तामाङ र राजेन्द्र मगरलाई सम्मान तथा प्रोत्साहनका लागि रेजिलिन्स अवार्ड प्रदान गरेको छ।

पार्सल हिरोहरूमा सुवास देवान, खड्ग बहादुर खड्का र राजेन्द्र मगरले ओल्डेस्ट ईन प्लेटफर्म भई द भेट्रान पार्सल हिरो अवार्ड पाएका छन् ।

प्रतिक्रिया दिनुहोस