५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडा-काठमाडौँ जोड्ने सबै सडकमार्ग सञ्चालन

अ+ अ-

काठमाडौँ। बाढीपहिरोका कारण अवरुद्ध हेटौँडाबाट-काठमाडौँ जोड्ने सबै सडकमार्ग सञ्चालनमा आएका छन् ।

मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएसँगै हेटौँडाबाट-काठमाडौँ जोड्ने चार वटै सडक सञ्चालन भएको हो ।

यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै पहिरो जाँदा हेटौँडाबाट काठमाडौँ जोड्ने चार वटा बाटो पूर्णरुपमा बन्द भएका थिए ।

बाढीपहिरोका कारण नौ दिनदेखि अवरुद्ध हेटौँडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ र हेटौंडा-भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक सोमबारदेखि सञ्चालनमा आएका थिए ।

बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी–प्रशासन र स्थानीय एवम् जनप्रतिनिधिको सक्रियतामा मर्मतसम्भार गरेर यी सडक सञ्चालनमा ल्याइएको हो ।

हेटौँडाबाट-भैंसे-टिष्टुङ हुँदै त्रिभुवन राजपथको नौबिसे सडकखण्ड बन्द भएको तेस्रो दिनबाट सञ्चालनमा आएको थियो । संघीय राजधानीसँगको पहुँच मार्ग अवरुद्ध हुँदा हेटौँडा-टिष्टुङ-चित्लाङ हुँदै चन्द्रागिरिको लामो र अप्ठ्यारोबाटो हुँदै हेटौँडा-काठमाडौं आउजाउ गरिँदै आएको थियो ।

हाललाई जिल्ला विपद् व्यवस्थापन समितिले फाखेल, सिस्नेरी र कान्तिलोकपथको बाटोमा साना सवारीलाई मात्र आउजाउ गर्न दिएको छ । बुधबारबाट कान्तिलोकपथको बाटो ठूला सवारी सञ्चालन गर्न दिने तयारीमा आफूहरू रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

ठूला सवारीलाई हाल नारायणघाट-मुग्लिन र हेटौँडा-टिष्टुङ-नौबिसे सडक खण्डको प्रयोग गर्न भनिएको छ । भर्खरै मात्र बाढीपहिरोले अवरुद्ध भएको सडक मर्मत गरी सञ्चालनमा ल्याइएको कारण तत्काललाई ठूला सवारी आउजाउलाई अनुमति नदिइएको प्रहरीले जनाएको छ ।

फाखेल, सिस्नेरी र कान्तिलोकपथ भएर सोमबारमात्र १३ सयभन्दा बढी सवारी साधन हेटौँडा आउजाउ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस