काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य एक हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला मूल्य १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ४० रूपैयाँले घटेर आज प्रतितोला १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला मूल्य १ हजार ९४० रूपैयाँ थियो ।