५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२७ जना सिभिल इन्जिनियरका लागि दरखास्त आह्वान

अ+ अ-

काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभागले २७ सिभिल इन्जिनियर पदमा सेवा करारमार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। आर्थिक वर्ष २०८१/०८२ का लागि अस्थायी दरबन्दीमा रहेको यी पदहरूमा योग्यता पुगेका उम्मेदवारहरूले खुला प्रतिस्पर्धामार्फत आवेदन दिन सक्नेछन्। लोक सेवा आयोगद्वारा निर्धारण गरिएको दरखास्त फाराम भरी इच्छुक उम्मेदवारहरूले २०८१ कार्तिक ०९ गते कार्यालय समयसम्म आवेदन दिनुपर्नेछ।

छनोट प्रक्रियामा शैक्षिक योग्यता र अन्तरवार्ता समावेश हुनेछ। इच्छुक उम्मेदवारहरूले मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा बी.ई. वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, उमेर २१ देखि ५८ वर्षभित्रको हुनुपर्नेछ। आवेदनका साथमा शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र र नेपाल इन्जिनियरिङ परिषदमा दर्ता प्रमाणपत्रका प्रमाणित प्रतिलिपिहरू पनि पेश गर्नुपर्नेछ।

नियुक्त इन्जिनियरहरूलाई नेपाल सरकारको प्रचलित तलब स्केलअनुसार पारिश्रमिक दिइनेछ। छनौट भएका उम्मेदवारहरूलाई खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गतको विभिन्न जिल्ला आयोजना कार्यालयहरूमा खटाइनेछ। विभागले विज्ञापन गरेको पद संख्यामा कुनै पनि कारणले परिवर्तन हुन सक्ने जानकारी समेत यसै सूचनाद्वारा गराइएको छ।

विस्तृत जानकारीका लागि इच्छुकहरूले खानेपानी तथा ढल व्यवस्थापन विभाग, महाराजगन्ज, काठमाडौँ, फोन नं. ०१-४५२०९०८ मा सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस