६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीद्वारा २१ लाख मूल्य बराबरका लत्ताकपडा बरामद

अ+ अ-

वीरगञ्ज (पर्सा) । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले भन्सार छली गरेर गोदाममा राखेको रु. २१ लाख २१ हजार आठ सय मूल्य बराबरको लत्ता कपडा बरामद गरेको छ । 

सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ नगवा नयाँवस्तीस्थित भारतबाट भन्सार छली ल्याएर घरमा लुकाइछिपाइ राखेको तीन वटा गोदामबाट सो परिमाणमा लत्ताकपडा बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीले भन्सार छली गरेर तीन वटा घरमा लुकाइ राखेको अवस्थामा लत्ताकपडा बरामद भएको जानकारी दिए । 

सशस्त्र प्रहरीले बरामद लत्ताकपडा र डिसी प्रोटिन पाउण्डर बिहीबार नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलको सक्रियतापछि भन्सार छली गरिएका सामान तथा बिलबिजक नभएका सामानको बरामदी ह्वात्तै बढेको तथ्यांकले देखाएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले गत आर्थिक वर्ष २०८०-८१ मा रु. ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य पर्ने बिलबिजक नभएको र भन्सार छलीका सामान बरामद गरेको थियो । जसमध्ये सशस्त्र प्रहरी बल पर्साले रु १४ करोड ८९ लाख ४८ हजार पाँच सय ५६ मूल्य बराबरको सामान वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको थियो । 

सोही अवधिमा बिलबिजक अनुसार नभएका रु. १९ करोड १६ लाख ९६ हजार नौ सय ७५ मूल्य बराबरका सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । सशस्त्र प्रहरीले आव २०७९-८०मा भने रु २४ करोड ३८ लाख ४० हजार नौ सय ३१ मूल्य बराबरको सामान बरामद गरेको थियो । प्रहरीले बरामद गरेको सामग्रीमा सबैभन्दा धेरै पेय पदार्थ, लत्ताकपडा, प्याज र मेसिनरी पार्टपुर्जा रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस