९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद्ले उल्लास छैन, अप्ठ्यारोमा परेकालाई सहयोग गर्नू : प्रधानमन्त्री ओली 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो दशैं परिवारका सदस्यबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम नरहेको बताएका छन् ।

बाढी पहिरो जस्ता विपद्ले उल्लासमय हुन नसकेको यो दशैंमा सरकार विपद्ले दिएको पीडाबाट जनतालाई मुक्त गर्न केन्द्रित हुनुपर्ने भएकाले टीकाको कार्यक्रम नराखिएको बताएका हुन् ।

भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्, ‘यो वर्षको दशैं उल्लासमय हुन सकेन । दशैंको मुखमा दशैं अघि आएको भीषण बाढी र पहिरोको कारण २ सय भन्दा बढीले ज्यान गुमाएका छन् । कति घाइते हुनुभयो । धेरै जनधनको क्षति भयो । भौतिक पूर्वाधार पुलहरू बाटाहरू ध्वस्त भए । धेरैलाई घरबारविहीन बनायो । पहिरावरका सदस्यहरू बाढी पहिरोले चुँडेर लग्यो । यसैले हामी विगतजस्तो हामी दशैंमा यो अवसरमा रमाउन सकेको छैनौँ । सरकारको नेतृत्वमा रहेको हैसियतले पुनर्निर्माण र पुनर्स्थापनामा जुट्नुपर्ने आवागमन सुगम बनाउनुपर्ने उत्तरदायित्वमा लागिरहेको छु ।’

उनले अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् । सरकार भत्किएका घरहरू पुनर्निर्माण गर्नतर्फ र राहत तथा पुनर्स्थापनामा लागिरहेको पनि ओलीले आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले गच्छेअनुसार दशैं मनाउन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस