काठमाडौँ । सभामुख देवराज घिमिरेले दशैंको टीका त्रयोदशीका दिन मात्रै लगाउने भएका छन् । घिमिरेको सचिवालयले दिएको जानकारी अनुसार पारिवारिक शोकका कारण सभामुख देवराज घिमिरेले उक्त दिन टीका ग्रहण गर्ने भएका हुन् ।
सभामुख घिमिरेले प्राकृतिक विपत्तिका कारण झापामा हुने दशैंको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम रद्द गरेका हुन् ।
उनले संघीय संसद् सचिवालयले बर्सेनि आयोजना गर्दै आएको दशैंको शुभकामना आदान प्रदान कार्यक्रम पनि राष्ट्रिय शोक कारण यस वर्ष रद्द गरेको बताइएको छ ।