६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवरात्रि जात्रा सम्पन्न

अ+ अ-

भक्तपुर । विजया दशमीको घटस्थापनादेखि महानवमीको मध्य रातिसम्म भक्तपुरको टोल टोलबाट नवदुर्गाका नौ वटा मन्दिरमा गएर राति मनाइने नवरात्रि जात्रा आज बिहानदेखि सम्पन्न भएको छ ।

नवरात्रभर भक्तपुरका बासिन्दाले विशेष गरी अष्ट मातृकाको पूजा गरी बलि दिने परम्पराअनुसार घटस्थापनादेखि रातभर जात्रा मनाइने परम्पराअनुरूप आज बिहानबाट जात्रा सम्पन्न भएको हो । 

घटस्थापनाको रात ब्रह्माण्डीय, दोस्रो रात महेश्वरी, तेस्रो रात कुमारी, चौथो रात भद्रकाली, पाँचौँ रात बाराही, छैटौँ रात इन्द्रायणी, सातौँ रात चामुण्डा एवं महाकाली, आठौँ रात महालक्ष्मी जात्रा मनाइएको छ भने नवौँ रात त्रिपुरासुन्दरीको पूजा एवं आराधना गरी जात्रा मनाइएको छ ।

साँझ परेपछि भक्तपुरका टोल टोलबाट परम्परागत बाजागाजाका साथ सुरु हुने यो जात्रा मनाउँदै यहाँका बासिन्दाले मन्दिर आसपासका क्षेत्र र मन्दिर प्रवेश गर्ने बाटोमा समेत दियो बालेर झिलिमिली बनाउँदै मिधे तथा बासुरी बाजा बजाउँदै टोल टोलबाट स्थानीय मन्दिर पुगेर पूजा एवं दर्शन गर्ने परम्परा रहँदै आएको छ । नवरात्रिभर भक्तपुरका विभिन्न मन्दिरमा बिहान र दिउँसो मात्र नभई राति पनि विशेष भीड लाग्ने गर्दछ । 

संस्कृतिकर्मी ओम धौभडेलले लिच्छवीकालीन राजा आनन्ददेवले भादगाउँको सुरक्षाका लागि मध्य भागमा त्रिपुरासुन्दरी र चारैतिर अष्टमातृकादेवीको स्थापना गरिएको कथन सुनाए । 

विजयादशमीमा प्रत्येक रात भक्तपुरका बासिन्दाले परम्परागत रूपमा बाजागाजासहित शक्तिपीठमा गएर जात्रा मनाउने गर्दछन् । हरेक दिन बिहान खोलामा गएर हातमुख धोएर शुद्ध मनले अष्ट मातृकाको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । 

भक्तपुरमा रही अष्ट मातृकाले एकै स्वरूप लिइ महिषासुरको बध गरेकाले शक्तिका रूपमा देवीहरूको राति पूजा गरिँदै आएको कथन छ ।

प्रतिक्रिया दिनुहोस