९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२४ मा नेपाली सेनालाई स्वर्ण पदक

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायतमा आयोजित “एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२४” मा स्वर्ण पदक जितेको छ।

मिति २०८१ आश्विन २३ देखि २५ गतेसम्म वेल्स, ब्रेकनमा सम्पन्न यो अन्तर्राष्ट्रिय अभ्यासमा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हासिल गरेको हो।

उक्त प्रतियोगितामा संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका १२१ टोलीहरूले सहभागिता जनाएका थिए। सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको यस प्रतिष्ठित प्रतिस्पर्धामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आइरहेको छ।

“एक्सरसाइज क्याम्ब्रियन पेट्रोल”को मुख्य उद्देश्य कठिन परिस्थितिमा सैनिक टोलीको लडाइँ तयारी, खबर संकलन, घाइते र बिरामीको व्यवस्थापन, साथै ५० किलोमिटरको दूरी हतियार र करिब ५० पौण्ड तौल बराबरको उपकरणसहित पार गर्ने क्षमता परीक्षण गर्नु हो। दुई दिनको अवधिमा विभिन्न कठिनाइहरू पार गर्दै नेपाली सेनाले आफ्नो सिप र दक्षता प्रदर्शन गरेको थियो।

नेपाली सेनाले यसअघि सन् २०१७ र २०१९ मा पनि स्वर्ण पदक जितेको थियो। यस वर्षको पुरस्कार वितरण समारोहमा नेपाली सेनाका उपरथी दिपक कुमार बानिया विशेष अतिथिको रूपमा सहभागी थिए।

नेपाली सेनाले यस प्रतियोगितामा निरन्तर उत्कृष्टता प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय सैन्य क्षेत्रमा आफ्नो क्षमता र प्रतिष्ठा अभिवृद्धि गरेको छ।

प्रतिक्रिया दिनुहोस