काठमाडौं । दसैँमा टीका थाप्न जाँदा कोसेली स्वरूप उपभोक्ताले फलफूल खरिद गर्ने भएकाले यतिखेर काठमाडौँमा फलफूलको भाउ बढेको छ ।
फलफूलका ठूला व्यापारी दसैँ मनाउनतिर लागेका कारण खुलेका पसलहरूमा केरा, स्याउ, सुन्तलालगायतका फलफूलको मूल्य आकासिएको हो ।
दसैँभन्दा अघिको तुलनामा यतिखेर फलफूलमा सय प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको उपभोक्ताको गुनासो छ ।
व्यापारी पनि आफूले महंगो दाममा खरिद गरेर ल्याएको बताउँछन् ।