६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँ कारागारमा कैदी बन्दीको उपचारमा समस्या

अ+ अ-

तनहुँ । तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदी बन्दीको उपचारमा समस्या भएको छ। कारागारका स्वास्थ्य सहायक श्यामसिंह बोहोरा सुरुवा भई अन्यत्र गएपछि कैदी बन्दीको उपचारमा समस्या भएको हो।

स्वास्थ्य सहायक बोहोरा यही असोज १ गते सरुवा भई शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकु गएपछि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन भएको हो।

स्वास्थ्यकर्मीविहीन हुँदा कैदी बन्दीको उपचारमा समस्या हुँदै आएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए।

‘कैदी बन्दी सामान्य बिरामी हुँदासमेत दमौली अस्पताल लैजानुपर्ने बाध्यता छु, उनले भने। कारागारको गाडी नहुँदा राति कैदीबन्दीलाई उपचारका लागि अस्पताल लैजान झनै समस्या प्रमुख अधिकारीले बताए। कारागारमा कैदी बन्दीमा बढीजसो छालासम्बन्धी रोग रहेको छ।

जिल्लामा डेङ्गीको सङ्क्रमण बढ्दो क्रममा रहेकाले कैदी बन्दी समेत यसबाट बढी सङ्क्रमित हुने अवस्था रहेको छ। तनहुँ कारागारको ब्लक ‘ए’ मा एक सय ३२, ब्लक ‘बी’ मा एक सय ७३ र ब्लक ‘सी’ मा २६ कैदी बन्दी रहेका छन्।

प्रतिक्रिया दिनुहोस