७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० वर्षमा पौने ४ खर्ब विदेशी लगानी प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । विगत १० वर्षमा ३ खर्ब ९५ अर्ब ९२ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता (एफडीआई) आएको छ । उद्योगका विभागका अनुसार आर्थिक वर्ष ०७१/०७२ देखि गत आर्थिक वर्षसम्म उक्त रकम बराबरको लगानी प्रतिबद्धता आएको हो ।

तर प्रतिबद्धताको ३७.८९ प्रतिशत मात्रै एफडीआइ भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । आर्थिक वर्ष ०७१/०७२ देखि गत आर्थिक वर्षसम्म १ खर्ब २६ अर्ब २९ करोड रुपैयाँ मात्रै लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष पनि प्रतिबद्धताको १३.५७ प्रतिशत मात्रै लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएकामा खुद ८ अर्ब ४० करोड ७ लाख रुपैयाँ मात्रै लगानी भित्रिएको छ ।

विदेशी लगानी प्रतिबद्धता बढे पनि भित्रने रकम न्यून रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले नै देखाउँछ । प्रतिबद्धता आएको सबै विदेशी लगानी सोही अवधिमा आउँछ वा आउनुपर्छ भन्ने नीतिगत व्यवस्था नरहेको सरोकारवाला बताउँछन् ।

सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा (किस्तामा) लगानी भित्र्याउने अनुमति दिने गरेको समेत सरोकारवालाको भनाइ छ । प्रतिबद्धता तथा स्वीकृत रकम एकै पटक नभित्रिनेसमेत सरकारी अधिकारी नै बताउँछन् ।

आर्थिक वर्ष ०८०/८१ मा खुद ८ अर्ब ४० करोड ७ लाख रुपैयाँ मात्रै लगानी भित्रिएको छ । कुल ८ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ विदेशी लगानी भित्रिए पनि ७ करोड ३९ लाख रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी ८ अर्ब ४० करोड ७ लाख रुपैयाँ मात्रै भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।

आर्थिक वर्ष ०७९/०८० मा नेपालमा खुद ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ मात्र एफडीआई भित्रिएको छ । कुल ७ अर्ब ७६ करोड ८६ लाख विदेशी लगानी भित्रिए पनि १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ देखिएको छ ।

आर्थिक वर्ष ०७८/७९ मा २९५ वटा उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । उक्त वर्ष खुद प्रत्यक्ष विदेशी लगानी १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ भित्रिएको थियो । कुल १९ अर्ब २१ करोड ९० लाख भित्रिए पनि ६५ करोड ८७ लाख रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएको थियो । त्यसैले खुद प्रत्यक्ष विदेशी लगानी १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ भित्रिएको हो ।

प्रत्यक्ष विदेशी लगानी कम भित्रिन थालेपछि सरकारले आर्थिक वर्ष ०७९/०८० देखि नै लचिलो नीति लिएको छ  । आर्थिक वर्ष ०८०/०८१ मा विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट २ करोडमा कायम गरिएको छ । गत आर्थिक वर्षको बजेटमार्फत वैदेशिक लगानीको न्यूनतम सीमा पुनरावलोकन गरी क्षेत्रगत रूपमा सीमा तोकिने जनाइएको छ । सरकारले सूचना प्रविधि उद्योगमा वैदेशिक लगानीको सीमा हटाइने बजेटमा उल्लेख छ । तर हालसम्म क्षेत्रगत रूपमा सीमा तोकी नसकेको उद्योग विभागको भनाइ छ । अटोमेटिक रुटबाट भित्रने लगानीमा सूचना प्रविधि उद्योगको सीमा हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस