६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामहरि खतिवडाले भने-एमाले पार्टी कार्यालय प्रकरणमा प्रधानमन्त्री ओली र गुरुङको साख उठेन

अ+ अ-

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) को केन्द्रीय कार्यालय भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले निर्माण गर्ने विषयको आलोचना सत्ता सहयात्री काँग्रेसका नेताहरूले पनि गर्न थालेका छन् । 

एमालेको पार्टी कार्यालय निर्माणको विषयले प्रधानमन्त्री केपी शर्मा ओली र व्यवसायी तथा समाजसेवी गुरुङको साख गिरेको रूपमा सत्तारुढ काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिक्रिया दिएका छन् । 

प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति सभापतिसमेत रहेका काँग्रेस केन्द्रीय सदस्य खतिवडाले एमाले केन्द्रीय कार्यालय निर्माणको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । आफूले एमालेको पार्टी केन्द्रीय कार्यालय निर्माणको विषयमा नलेखी बस्न नसकेको पनि खतिवडाले लेखेका छन् । ‘नेकपा ९एमाले०को पार्टी अफिस प्रकरणमा प्रधानमन्त्री केपी ओली र समाजसेवी मीनबहादुर गुरुङ दुवैको साख उठेन । के हुँदैछ आफैले बुझ्दा अझ राम्रो । केही नलेखेर बस्न मन थियो तर मन मानेन, ’खतिवडाले लेखेका छन् ।

बाढी पहिरोले जनता मारमा परेको बेला सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको पार्टीलाई व्यापारीले अर्बौँको पार्टी केन्द्रीय कार्यालय निर्माण गर्ने विषय रहेको भन्दै खतिवडाले टिप्पणी गरेका हुन् । उनले ओली र गुरुङलाई प्रश्न गरेका छन्, ‘यो समयमा विपत्ति पीडितलाई दुवै जनाले सहयोग गरेको भए कति राम्रो हुन्थ्यो होला ?

भाटभटेनीका सञ्चालक गुरुङले कीर्तिपुरमा एमालेका लागि पार्टी कार्यालय दान दिने भएका छन् । गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा दसैँको अघिल्लो दिन प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय कार्यालय शिलान्यास गरेका थिए । उक्त जग्गामा केन्द्रीय कार्यालय आफ्नै पैसाले बनाएर गुरुङले एमालेलाई दान दिने गरी काम अघि बढेको हो । एमाले केन्द्रीय कार्यालय २०८२ को दसैँ अघि निर्माण सम्पन्न गरेर एमालेलाई हस्तान्तरण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस