काठमाडौँ । नेपाली बजारमा दसैँपछि सुनको मूल्य बढेको छ । प्रतितोलामा १४ सय रुपैयाँले बढेर आज मंगलबार १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । दसैँ अघि असोज २३ गते प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेर आज एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघिको चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।